साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाेरी नखाेज सर्कार

ठाेकेर झ्याल दैलाे खेद्याे भने बिरालाे आत्तेस भाे कि घाँटी फाेरीदिने छ सर्कार

Nepal Telecom ad

पुरूषाेत्तम सिग्देल :

मान्छे हुने कला हाे झाेली नखाेस सर्कार
सञ्चार भावनाकाे बाेली नखाेस सर्कार

संस्कार भेष भाषा राख्ने यिनै चिनारी
जस्तै परे नि कैल्यै द्राेही नपार सर्कार

मान्छे पशुत्व सीमा काेर्ने छ सम्पदा याे
जिब्राे अवश्य चल्ला क्राेधी नपार सर्कार

जानेन तीर ताक्ने फर्किन्छ फाेर्छ छाती
आफ्नै गला छ रेट्ने जाेरी नखाेज सर्कार

ठाेकेर झ्याल दैलाे खेद्याे भने बिरालाे
आत्तेस भाे कि घाँटी फाेरीदिने छ सर्कार

हुँय्या चलाउँछाै या साँच्चै छ थुत्न आँट
भाग्ने रहन्न बाटाे साेची सुधार सर्कार

उत्ताउलाेपनाकाे जाे बन्दरूकथा छ
त्यस्तै हुनेछ च्यापे गाेडी सकार सर्कार ।

०००
२०८२/५/२१
काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
बन्दकी

बन्दकी

पुरूषाेत्तम सिग्देल
बिस्तारै बिस्तारै

बिस्तारै बिस्तारै

पुरूषाेत्तम सिग्देल
जमाना

जमाना

पुरूषाेत्तम सिग्देल
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x