साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भातमारा र तरमारा

खेल्छन्, खैँचिन्छन् हातका औँला शासनमा, आसनमा र रासनमा भाग नमिल्दा गरेजस्तै गर्छन् साउति सङ्गत सल्लाह भिडेजस्तै गर्छन् भातमारा र तरमारा ।

Nepal Telecom ad

राजाराम बर्तौला :

दिउँसै सपना देख्छन्
मनमौजीहरू बनफाँडेर
होस् कि मन फाँडेर होस्
तारा गन्छन् र
उनीहरू अमिर होस् कि फकिर होस् ।

लफङ्गा लहडी भुँइैफुट्टा गफाडी
सिंहासनको आश लाउँछन्
लाजै नमानी लिच्चड,
जाली फटाहा धूर्त जनजनको
मत चोर मनचोर चकारी ।

आफ्नो सुको गन्नु छैन
अरुको सिको गर्छन्
बबुराहरू हौसिएर
रौसीको नसामा
फुँई लाउछन् भातमाराहरू ।

चुसेर जुकाले जसरी पुट्ट ढाडिन्छन्
तर माराहरू यिनैको स्वस्ति गाएर
तारा गन्छन् भातमाराहरु ।
लाजै नमानी दिउँसै सपना देख्छन्
ढाडिएर जुकासरी
नाङ्गा जनताको सपना बेच्छन्
नकच्चरा भलादमी शोसक सामन्त जसरी
गद्धि यिनको शान
यिनको मान
यिनको रवाफ
यिनको सुकेनासको व्यथाले
सुकेका गरिब, असहाय,
निमुखा जनता कस्को ?
पौँठेजोरी खेल्छन्, खैँचिन्छन्
हातका औँला शासनमा,
आसनमा र रासनमा
भाग नमिल्दा गरेजस्तै
गर्छन् साउति
सङ्गत सल्लाह भिडेजस्तै गर्छन्
भातमारा र तरमारा ।

जनतालाई उल्लु बनाएर
आफू दिउँसै सपना देख्छन्
आसन र सिंहासनको
बेला यिनैको छ
भातमारा र तरमाराको ।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जुन जोगी आए पनि कानै चिरेको

जुन जोगी आए पनि...

राजाराम बर्ताैला
युद्ध जारी छ

युद्ध जारी छ

राजाराम बर्ताैला
कुराको कुराउनी

कुराको कुराउनी

राजाराम बर्ताैला
आत्माभिमान

आत्माभिमान

राजाराम बर्ताैला
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x