
रोग
आमाले भनिन् “हिजो दुध ल्याउन बिर्सियो । आज औषधी । भोलि...” श्रीधरले भने “छोरालाई कत्ति चाँडै बिर्सने रोग लागेछ ?”

श्रीप्रसाद पाेखरेल :
“खोई मेरो औषधि ?” श्रीधरले छोरालाई सोधे ।
कार हुइँक्याउँदै औषधि लिन गएको छोरो, कुकुरलाई मासु चैँ लिएर आएछ । घरभित्र पस्ने बित्तिकै कुकुरले पुच्छर हल्लाउँदै सहजको नजिक गयो । मायालु भावले कुकुरलाई बोकेर उसले भन्यो “आज बिर्सिएँछु । भोली ल्याउँला हुन्न ?”
आमाले भनिन् “हिजो दुध ल्याउन बिर्सियो । आज औषधी । भोलि…”
श्रीधरले भने “छोरालाई कत्ति चाँडै बिर्सने रोग लागेछ ?”
०००
इटहरी
Subscribe
Login
0 Comments
Oldest