साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्म-दाता पितामाता

पिता वीजक हुन् माता उर्वरा धरणी न हुन् प्रेमले राख्दछिन् वीज उम्रिन्छौँ आँकुरा न हौँ । गोडमेल गरी रक्षा गर्दा छौँ आज भूमिमा नगरेको भए जन्म हुन्थ्यो ? हुन्थ्यौँ धरापमा।

Nepal Telecom ad

हरिप्रसाद रिमाल :

पिता पाँच सबै उस्तै सम्मान सबमा गरौँ,
आराध्य देवतातुल्य मानी शरणमा परौँ।१

जन्म-दाता पिता एक कर्म-दाता पिता तथा
अन्न-दाता पिता त्यस्तै भय-त्राता र ज्ञानदा।।२

पाँचै पिता सबै मानौँ समान स्नेहका घर
पिता-पुस्तक हुन् सारा दिलले गर्छु आदर।।३

काखमा मस्त कुल्चेर दारी तान्दा चुपै बसी
स्नेहले खान तम्सिन्थ्यौ म्वाई सम्झन्छु त्यो पनि।।४

खाने कुरा कताबाट ल्याएर ख्वाउँथ्यौ मिठा
गोजी हेर्थेँ कतैबाट आउँदा छ कि क्यै म ता।।५

असरी हुर्किएँ बाबा काखमा स्नेह-पुर्वक
बिते वसन्त यी पाँच पढ्न बन्दा म उत्सुक।६

पाठशाला पु-याएर जिम्मा लाई गुरुसँग
सुम्पियौ अभिभारा त्यो पाएँ ज्ञानगुरु तब।७

कखराबाट थालेँथेँ पढ्ने लेख्ने सबै कुरा
गुरुका स्नेहले पाएँ दिव्य सङ्ज्ञान आँकुरा।।८

सिकेँ सद्भावना के हो ? कर्तव्य-पथ जानियो
गुरुवाक्य सबै मन्त्र मान्दा सङ्ज्ञान पाइयो।९

समाजभित्रका राम्रा-नराम्रा भावनासँग
रहेर बस्नमा लाग्दा धेरै हन्डर खाइयो।।१०

सत्य बोलेर त्यो बाटो हिड्न प्रेरक जो बने
भयबाट गरी मुक्त असली चेतना भरे।।११

हुर्काई जसले आफ्नी छोरी ती मुटु-धड्कन
दिई जीवनको बाटो पारे सरल कञ्चन।।१२

सबै पाँच पितालाई शब्द-पुष्प चढाउँछु
मनले सम्झना गर्दै दिलभित्र सजाउँछु।।१३

माता-पिताबिना हाम्रो सृष्टि-विस्तारको क्रम
सकिन्छ तथ्य यो जानौँ दुवै हुन् ज्ञानदर्पण।।१४

पिता वीजक हुन् माता उर्वरा धरणी न हुन्
प्रेमले राख्दछिन् वीज उम्रिन्छौँ आँकुरा न हौँ।१५

गोडमेल गरी रक्षा गर्दा छौँ आज भूमिमा
नगरेको भए जन्म हुन्थ्यो ? हुन्थ्यौँ धरापमा।१६

०००
भक्तपुर बुढ्याैली साहित्य समाज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
माता ती पतिकी मुमा सरह…

माता ती पतिकी मुमा...

हरिप्रसाद रिमाल
वृद्ध चिन्तन

वृद्ध चिन्तन

हरिप्रसाद रिमाल
देवकोटा स्मृति

देवकोटा स्मृति

हरिप्रसाद रिमाल
चटारो

चटारो

हरिप्रसाद रिमाल
0
Would love your thoughts, please comment.x
()
x