हरिप्रसाद रिमालजन्म-दाता पितामाता
पिता वीजक हुन् माता उर्वरा धरणी न हुन् प्रेमले राख्दछिन् वीज उम्रिन्छौँ आँकुरा न हौँ । गोडमेल गरी रक्षा गर्दा छौँ आज भूमिमा नगरेको भए जन्म हुन्थ्यो ? हुन्थ्यौँ धरापमा।

हरिप्रसाद रिमाल :
पिता पाँच सबै उस्तै सम्मान सबमा गरौँ,
आराध्य देवतातुल्य मानी शरणमा परौँ।१
जन्म-दाता पिता एक कर्म-दाता पिता तथा
अन्न-दाता पिता त्यस्तै भय-त्राता र ज्ञानदा।।२
पाँचै पिता सबै मानौँ समान स्नेहका घर
पिता-पुस्तक हुन् सारा दिलले गर्छु आदर।।३
काखमा मस्त कुल्चेर दारी तान्दा चुपै बसी
स्नेहले खान तम्सिन्थ्यौ म्वाई सम्झन्छु त्यो पनि।।४
खाने कुरा कताबाट ल्याएर ख्वाउँथ्यौ मिठा
गोजी हेर्थेँ कतैबाट आउँदा छ कि क्यै म ता।।५
असरी हुर्किएँ बाबा काखमा स्नेह-पुर्वक
बिते वसन्त यी पाँच पढ्न बन्दा म उत्सुक।६
पाठशाला पु-याएर जिम्मा लाई गुरुसँग
सुम्पियौ अभिभारा त्यो पाएँ ज्ञानगुरु तब।७
कखराबाट थालेँथेँ पढ्ने लेख्ने सबै कुरा
गुरुका स्नेहले पाएँ दिव्य सङ्ज्ञान आँकुरा।।८
सिकेँ सद्भावना के हो ? कर्तव्य-पथ जानियो
गुरुवाक्य सबै मन्त्र मान्दा सङ्ज्ञान पाइयो।९
समाजभित्रका राम्रा-नराम्रा भावनासँग
रहेर बस्नमा लाग्दा धेरै हन्डर खाइयो।।१०
सत्य बोलेर त्यो बाटो हिड्न प्रेरक जो बने
भयबाट गरी मुक्त असली चेतना भरे।।११
हुर्काई जसले आफ्नी छोरी ती मुटु-धड्कन
दिई जीवनको बाटो पारे सरल कञ्चन।।१२
सबै पाँच पितालाई शब्द-पुष्प चढाउँछु
मनले सम्झना गर्दै दिलभित्र सजाउँछु।।१३
माता-पिताबिना हाम्रो सृष्टि-विस्तारको क्रम
सकिन्छ तथ्य यो जानौँ दुवै हुन् ज्ञानदर्पण।।१४
पिता वीजक हुन् माता उर्वरा धरणी न हुन्
प्रेमले राख्दछिन् वीज उम्रिन्छौँ आँकुरा न हौँ।१५
गोडमेल गरी रक्षा गर्दा छौँ आज भूमिमा
नगरेको भए जन्म हुन्थ्यो ? हुन्थ्यौँ धरापमा।१६
०००
भक्तपुर बुढ्याैली साहित्य समाज
Subscribe
Login
0 Comments
Oldest







































