साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दाइ, भाउजू र बाको नयाँ पसल

बाहिर बाहिर दाइको फसल भित्र भित्र भाउजूको असल घाटे वैद्यको ओखती होला बडा बाको गुभाजु चोला चले पसल ठिकै होला होइन भने खोलै खोला जनता आगे राम राम भोला ।

Nepal Telecom ad

ओम आचार्य :

खुल्यो ! खुल्यो !
नयाँ पसल
नपाइने सामान कमसल
पाइनेजति सबै टिकाउ र असल
दाइ भाउजूको मेल
बडा बाको खेल ।

खुल्यो ! खुल्यो !
नयाँ पसल
खरिद बिक्री चहलपहल
पुरानो केही रहलपहल
के को खसखस
के को तलतल
चुनरी हो मलमल
बेरौँ गलबन्दी
ओडौँ सल ।

खुल्यो ! खुल्यो !
नयाँ पसल
उत्तर ढोका हेर्‍यो
दख्खिन पच्छिम घेर्‍यो
पुरानो हिसाब सुल्यो
नयाकक खाता खुल्यो
अरुहरूको सम्झ्यो
आफ्नो सबै भुल्यो ।

खुल्यो ! खुल्यो !
नयाँ पसल
थोकको कुरा धेरै
खुद्रा हेर्‍या हेर्‍यै
आगनमा खुशी
कुनाकाप्चा ढुसी
चिना बेरेको बेर्‍यै ।

खुल्यो ! खुल्यो !
नयाँ पसल
नयाँ बाना
ढक तराजु पाथी माना
घन्किएका नौला गाना
‘उही मुलाको सिन्की’, होला
‘उही मुलाको चाना’ ।

खुल्यो ! खुल्यो !
नयाँ पसल
जिम्मा असल
बाहिर बाहिर दाइको फसल
भित्र भित्र भाउजूको असल
घाटे वैद्यको ओखती होला
बडा बाको गुभाजु चोला
चले पसल ठिकै होला
होइन भने खोलै खोला
जनता आगे राम राम भोला ।

०००
अर्घाखाँची

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
सत्ता समात्ने भए

सत्ता समात्ने भए

माधव पोखरेल गोज्याङ्ग्रे
लौ न ए आई

लौ न ए आई

रामकृष्ण ढकाल
नेपाली

नेपाली

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x