साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँचतारे होटलको खाना

घर फर्किँदा पति ठूलो खर्च जोगिएकोमा खुसी थियो भने पत्नी बाजी जितेकोमा । यस्तैमा पतिले पत्नीलाई सोध्यो, “प्रिय ! कस्तो थियो त पाँचतारे होटलको आजको खाना ?”

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“आज मैले घरमा खाना बनाएको छैन । आज रातको खाना बाहिरै खाने ।”
पति अफिसबाट साँझमा घर पुग्ने बित्तिकै पत्नीले रिसाउँदै भनी ।
“ठिकै छ त, कुनै होटलमा गएर खाउँला ।” पति विवश थियो ।
“कुनै होटल होइन । पाँचतारे होटलमा खाने हो ।”

पति पत्नी पाँचतारे होटलतिर हिडे । बाटामा पतिको मनमा खुल्दुली चल्न थाल्यो । बिल कति उठ्ने हो । उसँग भएको पैसाले पुग्ने हो कि नपुग्ने हो । जाँदै गर्दा पत्नीले एउटा घटना सुनाई । केही बर्ष अघि उसकी पत्नी र उसकी सालीको बीचमा पानीपुरी कसले बढी खाने भन्ने बाजी पर्यो रे । बाजी उसकी पत्नीले जिती रे ।
यति सुनेपछि पतिले भन्यो, “पानीपुरी खान तिमीले मलाई जित्न सक्दिनौ ।”

यो सुनेर पत्नीको अहमता बढ्यो । उसले पतिलाई च्यालेन्ज गरी । दुबैजना पानीपुरी बेच्ने ठेलावालाकोमा पुगे । पानीपुरीको अर्डर भयो । कपाकप खान थाले दुबै पति पत्नी । पतिले बीस वटा पानीपुरी खाएपछि अघायो र खान छाड्यो तर पत्नीले भने अरु पाँच वटा कनीकनी खाई । पतिलाई जितेकोमा उ खुसीले हास्न थाली । दुवैजना अघाए । जम्मा दुईसय रुपैयाँमै बेलुकाको भोजन टर्‍यो ।

घर फर्किँदा पति ठूलो खर्च जोगिएकोमा खुसी थियो भने पत्नी बाजी जितेकोमा ।
यस्तैमा पतिले पत्नीलाई सोध्यो, “प्रिय ! कस्तो थियो त पाँचतारे होटलको आजको खाना ?”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
म ट्याब्लेटको मान्छे

म ट्याब्लेटको मान्छे

घिमिरे ‘मैदेली’
काफल काण्ड

काफल काण्ड

रामप्रसाद पन्थी
शिक्षक बन्न सजिलो काँ छ र !

शिक्षक बन्न सजिलो काँ...

मीनप्रसाद लामिछाने
पर्मुख अतिथि

पर्मुख अतिथि

डा. गंगाप्रसाद अधिकारी
सेकुवा बाजेलाई अर्को पत्र !

सेकुवा बाजेलाई अर्को पत्र...

ठाकुरप्रसाद अधिकारी
बैठक

बैठक

प्रविण टण्डन ’वसन्तप्रवीण’
0
Would love your thoughts, please comment.x
()
x