साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माथि हाम तल लाम

न ‘बुद्ध’ सुन्छ कानले न शुध्द सुङ्छ नाकले बाठो छु भन्छ धाकले न ज्ञान छ, न गुन छ फेरि त्यहीँ खुन छ कुरूप छ दागै दागले ।

Nepal Telecom ad

ओम आचार्य :

तल खसेका
के के गरे, माथि सरे
माथि बसेका
चिप्लिए, चिप्ल्याइए
तल झरे
चलन यस्तै छ
जलन उस्तै छ
पृथ्वी घुमिरहन्छ ।

हिजो बिगारे भन्थे
भैँसी देख्दैनथे
जुम्रा टिप्दै हिँड्थे
आज बनाइम् भन्छन्
बनेको देखिने खलो माथि रहेछ
बिग्रेको देखिने थलो तल रहेछ
दुइटै निकाल्ने गलो रहेछ
अल्मल्याउने कलो रहेछ
घर कच्चो पक्को बनाउने
धुरीखाँबो, बलो रहेछ ।

तल झरेकाहरूको लागि
दैनन्दिनी
क्वाइँ क्वाइँ मात्र हुँदोरहेछ
माथि सरेकाहरूको लागि
दैनन्दिनी
ढिकिच्याउँ ! ढिकिच्याउँ पात्र
यौटा कानले सुन्ने
अर्कोले उडाउने
सकेको झुलाउने
नसके फुलाउने
आफैले लुडाउने
इन्द्रजाल चुलाउने
उदाउने अस्ताउने
उस्तै पात्र उँभो उँदो
ओहोर दोहोर यत्र तत्र ।

पहिले सासूको खुदो
अहिले बुहारीको गुदो
उस्तै आग्लो
उस्तै गरालो
दूधको साक्षी चोर बिरालो ।

बाटो यौटै
झरे ओरालो
उक्लिए उही उकालो
‘न्याउरी मारी पछुतो’
देखिन्न कोही अछुतो ।

उही सेतो
उही कालो
कुनीतिको टालो
कहिले प्वाल दायाँ
कहिले प्वाल बायाँ
जस्तो देखिन्छ रात
उस्तै देखिन्छ जात
घाम छायाँसँग
निष्टा रुन्छ
बीउपल सखाप
घुनैघुन छ
अलाप्छ मेलमिलाप ।

न ‘बुद्ध’ सुन्छ कानले
न शुध्द सुङ्छ नाकले
बाठो छु भन्छ धाकले
न ज्ञान छ, न गुन छ
फेरि त्यहीँ खुन छ
कुरूप छ दागै दागले
कुन दिन क्याप्प पार्ला बाघले
‘नरहे बाँस नबजे बाँसुरी’
होस गर माकुरी ! होस गर
अत्यास पार्ला आसुरी ।

०००
अर्घाखाँची

Subscribe
Notify of
guest

1 Comment
Oldest
Newest Most Voted
लाम लागे पनि जाम पारेपनि युगल बसेल
लाम लागे पनि जाम पारेपनि युगल बसेल
1 year ago

लाम लागे पनि जाम पारे पनि
लक्ष्य एउटै उद्देश्य एउटै
हाम गर्ने खाम भन्ने
माछो नपाए भ्यागुतै

Nepal Telecom ad
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
1
0
Would love your thoughts, please comment.x
()
x