साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आशा

कुरो गम्भीर छ श्याम भाइ । गाउँभरि त्यत्राबिधि तरुनी छन् । तेरी श्रीमती मरे पनि हामी तेरी श्रीमती जस्तै हौ नि भन्न कोही आएनन् । अनि कसरी खप्नु भनन ।

Nepal Telecom ad

बासुदेव तिमल्सिना :

“तपाईं यसरी किन रुनु भाको ? चुप लाग्नोस् ।”
बाटामा बसेर अलापविलाप गर्दै रोइरहेको रामेलाई त्यही बाटो आइरहेको अर्को गाउँको श्यामेले चुप लगाउने कोशिस गर्दै भन्यो ।

“मेरो बाउ पाँच बर्ष अघि मरे ।”
“अनि, पाँच बर्ष अघि मरेको बाउ सम्झेर अहिले रुने हो त ?” श्यामेले फेरि सोध्यो ।
“श्याम भाइ ! कुरो अर्कै छ । त्यो बेला गाउँभरिका बुढाहरु आएर तेरा बाउ मरे पनि हामी तेरा बाउ समानका छँदै छौं नि भने । मैले चित्त बुझाएँ । तीन बर्ष अघि फेरि आमा खसिन् ।” यति भनेर फेरि ह्वा ह्वा रुन थाल्यो रामे ।

“तीन बर्ष अघि मरेकी आँमा सम्झेर अहिले रुने हो त रामे ?”
“श्याम भाई ! मेरो बेदना अर्कै छ । आमा खसेपछि गाउँभरिका बुढीहरु आएर हामी तेरी आँमा जस्तै हौं भने । मैले मन बुझाएँ ।”

अनि भैगो नि त । अहिले किन रोएको त ? श्यामेले कड्केर सोध्यो ।
“कुरो खपिसक्नु छैन श्याम भाइ ! भरखरै मेरी तरुनी श्रीमती मरी ।” उ फेरि जोडले रुन थाल्यो ।
“हुने हुनामी टर्दैन रामे । अब चित्त बुझा ।” श्यामेले सम्झाउँदै भन्यो ।

“कुरो गम्भीर छ श्याम भाइ । गाउँभरि त्यत्राबिधि तरुनी छन् । तेरी श्रीमती मरे पनि हामी तेरी श्रीमती जस्तै हौ नि भन्न कोही आएनन् । अनि कसरी खप्नु भनन ।”

०००
लालबन्दी, सर्लाही

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भूत

भूत

वासुदेव तिमल्सिना
तिर्थालुको ध्यान

तिर्थालुको ध्यान

वासुदेव तिमल्सिना
चाइनिज माल

चाइनिज माल

वासुदेव तिमल्सिना
लोभ

लोभ

वासुदेव तिमल्सिना
मृत्युको भय

मृत्युको भय

वासुदेव तिमल्सिना
माया

माया

वासुदेव तिमल्सिना
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x