वासुदेव तिमल्सिनाआशा
कुरो गम्भीर छ श्याम भाइ । गाउँभरि त्यत्राबिधि तरुनी छन् । तेरी श्रीमती मरे पनि हामी तेरी श्रीमती जस्तै हौ नि भन्न कोही आएनन् । अनि कसरी खप्नु भनन ।
बासुदेव तिमल्सिना :
“तपाईं यसरी किन रुनु भाको ? चुप लाग्नोस् ।”
बाटामा बसेर अलापविलाप गर्दै रोइरहेको रामेलाई त्यही बाटो आइरहेको अर्को गाउँको श्यामेले चुप लगाउने कोशिस गर्दै भन्यो ।
“मेरो बाउ पाँच बर्ष अघि मरे ।”
“अनि, पाँच बर्ष अघि मरेको बाउ सम्झेर अहिले रुने हो त ?” श्यामेले फेरि सोध्यो ।
“श्याम भाइ ! कुरो अर्कै छ । त्यो बेला गाउँभरिका बुढाहरु आएर तेरा बाउ मरे पनि हामी तेरा बाउ समानका छँदै छौं नि भने । मैले चित्त बुझाएँ । तीन बर्ष अघि फेरि आमा खसिन् ।” यति भनेर फेरि ह्वा ह्वा रुन थाल्यो रामे ।
“तीन बर्ष अघि मरेकी आँमा सम्झेर अहिले रुने हो त रामे ?”
“श्याम भाई ! मेरो बेदना अर्कै छ । आमा खसेपछि गाउँभरिका बुढीहरु आएर हामी तेरी आँमा जस्तै हौं भने । मैले मन बुझाएँ ।”
अनि भैगो नि त । अहिले किन रोएको त ? श्यामेले कड्केर सोध्यो ।
“कुरो खपिसक्नु छैन श्याम भाइ ! भरखरै मेरी तरुनी श्रीमती मरी ।” उ फेरि जोडले रुन थाल्यो ।
“हुने हुनामी टर्दैन रामे । अब चित्त बुझा ।” श्यामेले सम्झाउँदै भन्यो ।
“कुरो गम्भीर छ श्याम भाइ । गाउँभरि त्यत्राबिधि तरुनी छन् । तेरी श्रीमती मरे पनि हामी तेरी श्रीमती जस्तै हौ नि भन्न कोही आएनन् । अनि कसरी खप्नु भनन ।”
०००
लालबन्दी, सर्लाही
Subscribe
Login
0 Comments
Oldest







































