साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शंका

त्यही वेला कत्ले काइँलो कताबाट मुन्टेको थियो कुन्नि । कनसुत्ली लगाएर सुनेका कुरा गाउँभरि हल्ला गरेछ, “आजकाल कैयाँ काका र छिटी दिदीको चाल निको छैन है !”

Nepal Telecom ad

अन्जु शर्मा :

“साह्रै तलतल लाग्यो छिटी ! आज मात्रै देउन ।” कैयाँ काकाले छिटी दिदीलाई यतिमात्र भनेका थिए ।
छोरा बुहारी अफिसबाट फर्केकै थिएनन् । एक्लो जीवन काकालाई समय बिताउन गाह्रो त छँदैथियो, त्यसमा पनि भातभान्सा गर्ने बानी पनि थिएन । आज माघको कठ्याङ्ग्रिँदो चिसाले चियाको नसा दिमागमा चढ्यो त्यसैले नयाँघरे बैनी छिटी दिदीको घरमा पसेर काकाले चिया मागेका थिए ।

अर्ध वयस्क एकल नारी छिटीका छोराछोरी स्कुलबाट फर्केकै थिएनन् । कैयाँ काकाको आगमनले दिदीलाई डर पैदा गर्यो । दिदीले हड्बडाउँदै “मलाई काममा जान हतार छ । भरेभोलि आउनुहोला दाइ ! म चिया पकाएर खुवाउँछु । अहिलेलाई म भ्याउँदिन् ।”

काकाले भने, “आज पो तलतल लागेर आएँ । भोलिदेखि कहाँ आउछु र ? मेरा घरमा पनि छोराबुहारी छँदै छन् नि !”
त्यही वेला कत्ले काइँलो कताबाट मुन्टेको थियो कुन्नि । कनसुत्ली लगाएर सुनेका कुरा गाउँभरि हल्ला गरेछ, “आजकाल कैयाँ काका र छिटी दिदीको चाल निको छैन है !”

०००
रातोपुल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अदृश्य जेल 

अदृश्य जेल 

अन्जु शर्मा
सत्ताको खोजी

सत्ताको खोजी

अन्जु शर्मा
सम्बन्ध

सम्बन्ध

अन्जु शर्मा
दासत्वमा नारी

दासत्वमा नारी

अन्जु शर्मा
बाध्यता 

बाध्यता 

अन्जु शर्मा
भट्टी पीडा

भट्टी पीडा

अन्जु शर्मा
0
Would love your thoughts, please comment.x
()
x