अन्जु शर्माशंका
त्यही वेला कत्ले काइँलो कताबाट मुन्टेको थियो कुन्नि । कनसुत्ली लगाएर सुनेका कुरा गाउँभरि हल्ला गरेछ, “आजकाल कैयाँ काका र छिटी दिदीको चाल निको छैन है !”

अन्जु शर्मा :
“साह्रै तलतल लाग्यो छिटी ! आज मात्रै देउन ।” कैयाँ काकाले छिटी दिदीलाई यतिमात्र भनेका थिए ।
छोरा बुहारी अफिसबाट फर्केकै थिएनन् । एक्लो जीवन काकालाई समय बिताउन गाह्रो त छँदैथियो, त्यसमा पनि भातभान्सा गर्ने बानी पनि थिएन । आज माघको कठ्याङ्ग्रिँदो चिसाले चियाको नसा दिमागमा चढ्यो त्यसैले नयाँघरे बैनी छिटी दिदीको घरमा पसेर काकाले चिया मागेका थिए ।
अर्ध वयस्क एकल नारी छिटीका छोराछोरी स्कुलबाट फर्केकै थिएनन् । कैयाँ काकाको आगमनले दिदीलाई डर पैदा गर्यो । दिदीले हड्बडाउँदै “मलाई काममा जान हतार छ । भरेभोलि आउनुहोला दाइ ! म चिया पकाएर खुवाउँछु । अहिलेलाई म भ्याउँदिन् ।”
काकाले भने, “आज पो तलतल लागेर आएँ । भोलिदेखि कहाँ आउछु र ? मेरा घरमा पनि छोराबुहारी छँदै छन् नि !”
त्यही वेला कत्ले काइँलो कताबाट मुन्टेको थियो कुन्नि । कनसुत्ली लगाएर सुनेका कुरा गाउँभरि हल्ला गरेछ, “आजकाल कैयाँ काका र छिटी दिदीको चाल निको छैन है !”
०००
रातोपुल, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































