साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुरा गर्छन्

बाचुन्जेली भनेन ‘के छ तेरो हाल चाल ?’ मरे स्वर्ग पठाएर झोली भर्ने कुरा गर्छन् ॥

Nepal Telecom ad

बालकृष्ण खनाल :

छिमेकीले चन्द्रमामा बस्ती सर्ने कुरा गर्छन् ।
हाम्रा भने स्वर्ग जान छिटो मर्ने कुरा गर्छन् ॥

तुइन तान्न परेको छ पुल हाल्न नसकेर
गाईको पुच्छर समाएर नदी तर्ने कुरा गर्छन् ॥

बाचुन्जेली भनेन ‘के छ तेरो हाल चाल ?’
मरे स्वर्ग पठाएर झोली भर्ने कुरा गर्छन् ॥

कमाएको दान गरी भोक भोकै रमाएर
अर्को जन्म मिल्छ भन्दै आश गर्ने कुरा गर्छन् ॥

जस्ले झुठा कुरा गर्छ उसैलाई देव मानी
सष्टाङ्ग दण्डवत् गरीपाउँ पर्ने कुरा गर्छन् ॥

०००
टीकापुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
पैसा कमाएपछि

पैसा कमाएपछि

बालकृष्ण खनाल
बोल्दै नबोल्ने भयो

बोल्दै नबोल्ने भयो

बालकृष्ण खनाल
भागेर जो गैगयो

भागेर जो गैगयो

बालकृष्ण खनाल
बूढो भएछू अब

बूढो भएछू अब

बालकृष्ण खनाल
हो स्वर्ग मेरो घर

हो स्वर्ग मेरो घर

बालकृष्ण खनाल
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
0
Would love your thoughts, please comment.x
()
x