मुक्तिनाथ शर्मामिश्रमामाका कुरामा कुरा
जवाफमा भनिएछ- कि कुकुर्नीको म्वाईं खाए सर्छ । कि कुकुरको बोसो मिश्रित लिपस्टिक लाउने युवतीका ओठ चाट्दा सर्न सक्छ ... कुरा सुन्दा सुन्दै त्यो मान्छे “थु थु” गर्दै टाप कसेछ ।

मुक्तिनाथ शर्मा :
अचेल मिश्रमामाको दैनिकी अनौठाको देखिएको छ । एकदृष्टिबाट हेर्दा त “काम पाईनस बुहारी… सँग जा” भनेजस्तो कता कता पुग्दा रचन र नानाभातिका कुरा बोटल्दा रहेछन् बुढा । अलिकति कुरा भएपछि आइपुग्छन् यहाँ चियानास्ता लुड्याउँछन जान्छन् बुढा । झन् अहिले त गाइजात्राको माहोल छ कहाँ जाउँ कसो गरुँ र कस्लाई उडाउँ भनेर लट्टी कसेका रहेछन् । आज मकहाँ आएर लडाए गफ । एउटा गफ यस्तो आयोः-
हिजो मिश्रमामासँग एउटा मान्छे भेट भएछ । त्यसले भनेछ – अचेल मलाई बाहिर हिँडडुल गर्न लाज मान्न पर्ने भएको छ । यसो हिँड्यो बाटोमा अथवा बाटोको छेउमा हिँड्दा ठुलो ढुङ्गो देखियो वा बिजुलीको पोल भेटियो भने खुट्टो उचालेर तुर्क्याउ तुर्क्याउ हुन्छ । नतुर्क्याइ अगाडि बढ्नै सक्तिनँ । मिश्रमामाले भनेछन्, यस्तो हो भने तपाईंलाई कुकुर रोग लागे छ । पहिले त त्यो मान्छे ट्वाल्ट्वाल्टी हेरिमात्र रहेछ पछि मामासँगै झोक्किन थालेछ । मामाले भनेछन्, “अहिले गाइजात्राको प्रहर छ नि त जे मन लागे पनि भन्न सकिन्छ, छुट छ”
यति भनेर पनि त्यो मान्छे पछि लाग्न छाडेनछ । मिश्रमामाले उसको घ्याम्पोमा घाम लाग्ने गरी भन्ने मन गरेर भनेछन् “गाईजात्रा भनेको यस्तो जात्रा हो यसमा जसले पनि मनलाग्दो भन्न सक्छ । नुन वा कानुन कुनैले पनि लछारपाटो लाउन सक्दैन । बुझ्नु भो ?
मित्र अझै पनि बढि कुरा सुन्न मन गरेर बसेछन् ।
मिश्रमामाले थप भनेछन् – गाईजात्रामा जस्ले जस्लाई पनि जे भने पनि हुन्छ । अहिले हेर त कस्ता कस्ता राज नेतालाई कसले कसले के के भनेका छन् । गाईजात्रा नभएको बेलामा यस्तो भनून् त कानुनले पाता कसेर लडाउँछ । गाईजात्रा आउदा वा बोलाउँदा अथवा जाँड खाएर मात्तिँदा जसले जसलाई जे भने पनि हुन्छ । कानुन पनि सहेर बस्छ ।
यति कुरा भएपछि पनि त्यो मित्रले चित्त बुझाएनछ र कुकुर रोग लागेको मित्रले सोधे छ कुकुर रोग के हो र त्यो मान्छेमा कसरि सर्छ त मित्र !
जवाफमा भनिएछ- कि कुकुर्नीको म्वाईं खाए सर्छ । कि कुकुरको बोसो मिश्रित लिपस्टिक लाउने युवतीका ओठ चाट्दा सर्न सक्छ …
कुरा सुन्दा सुन्दै त्यो मान्छे “थु थु” गर्दै टाप कसेछ । अलि पर पुगेर फर्केर आएछ र सोधेछ “यौन सम्पर्कमा पनि…..”
मिश्रमामाले भनेछन्, “भन्न सकिँदैन” ।
०००
बानेश्वर, काठमाडौं
Subscribe
Login
0 Comments
Oldest







































