साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मिश्रमामाका कुरामा कुरा

जवाफमा भनिएछ- कि कुकुर्नीको म्वाईं खाए सर्छ । कि कुकुरको बोसो मिश्रित लिपस्टिक लाउने युवतीका ओठ चाट्दा सर्न सक्छ ... कुरा सुन्दा सुन्दै त्यो मान्छे “थु थु” गर्दै टाप कसेछ ।

Nepal Telecom ad

मुक्तिनाथ शर्मा :

अचेल मिश्रमामाको दैनिकी अनौठाको देखिएको छ । एकदृष्टिबाट हेर्दा त “काम पाईनस बुहारी… सँग जा” भनेजस्तो कता कता पुग्दा रचन र नानाभातिका कुरा बोटल्दा रहेछन् बुढा । अलिकति कुरा भएपछि आइपुग्छन् यहाँ चियानास्ता लुड्याउँछन जान्छन् बुढा । झन् अहिले त गाइजात्राको माहोल छ कहाँ जाउँ कसो गरुँ र कस्लाई उडाउँ भनेर लट्टी कसेका रहेछन् । आज मकहाँ आएर लडाए गफ । एउटा गफ यस्तो आयोः-

हिजो मिश्रमामासँग एउटा मान्छे भेट भएछ । त्यसले भनेछ – अचेल मलाई बाहिर हिँडडुल गर्न लाज मान्न पर्ने भएको छ । यसो हिँड्यो बाटोमा अथवा बाटोको छेउमा हिँड्दा ठुलो ढुङ्गो देखियो वा बिजुलीको पोल भेटियो भने खुट्टो उचालेर तुर्क्याउ तुर्क्याउ हुन्छ । नतुर्क्याइ अगाडि बढ्नै सक्तिनँ । मिश्रमामाले भनेछन्, यस्तो हो भने तपाईंलाई कुकुर रोग लागे छ । पहिले त त्यो मान्छे ट्वाल्ट्वाल्टी हेरिमात्र रहेछ पछि मामासँगै झोक्किन थालेछ । मामाले भनेछन्, “अहिले गाइजात्राको प्रहर छ नि त जे मन लागे पनि भन्न सकिन्छ, छुट छ”

यति भनेर पनि त्यो मान्छे पछि लाग्न छाडेनछ । मिश्रमामाले उसको घ्याम्पोमा घाम लाग्ने गरी भन्ने मन गरेर भनेछन् “गाईजात्रा भनेको यस्तो जात्रा हो यसमा जसले पनि मनलाग्दो भन्न सक्छ । नुन वा कानुन कुनैले पनि लछारपाटो लाउन सक्दैन । बुझ्नु भो ?

मित्र अझै पनि बढि कुरा सुन्न मन गरेर बसेछन् ।
मिश्रमामाले थप भनेछन् – गाईजात्रामा जस्ले जस्लाई पनि जे भने पनि हुन्छ । अहिले हेर त कस्ता कस्ता राज नेतालाई कसले कसले के के भनेका छन् । गाईजात्रा नभएको बेलामा यस्तो भनून् त कानुनले पाता कसेर लडाउँछ । गाईजात्रा आउदा वा बोलाउँदा अथवा जाँड खाएर मात्तिँदा जसले जसलाई जे भने पनि हुन्छ । कानुन पनि सहेर बस्छ ।

यति कुरा भएपछि पनि त्यो मित्रले चित्त बुझाएनछ र कुकुर रोग लागेको मित्रले सोधे छ कुकुर रोग के हो र त्यो मान्छेमा कसरि सर्छ त मित्र !
जवाफमा भनिएछ- कि कुकुर्नीको म्वाईं खाए सर्छ । कि कुकुरको बोसो मिश्रित लिपस्टिक लाउने युवतीका ओठ चाट्दा सर्न सक्छ …
कुरा सुन्दा सुन्दै त्यो मान्छे “थु थु” गर्दै टाप कसेछ । अलि पर पुगेर फर्केर आएछ र सोधेछ “यौन सम्पर्कमा पनि…..”
मिश्रमामाले भनेछन्, “भन्न सकिँदैन” ।

०००
बानेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
झ काे झटाराे

झ काे झटाराे

मुक्तिनाथ शर्मा
तीन ठाेक्तक

तीन ठाेक्तक

मुक्तिनाथ शर्मा
मिश्रमामाकी नकचरी

मिश्रमामाकी नकचरी

मुक्तिनाथ शर्मा
यौटा केटाको बिहे

यौटा केटाको बिहे

मुक्तिनाथ शर्मा
मिश्रमामाकाे चिन्ता

मिश्रमामाकाे चिन्ता

मुक्तिनाथ शर्मा
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
जागिरको जाल कि साहुको चाल !

जागिरको जाल कि साहुको...

ठाकुरप्रसाद अधिकारी
बिन्ती, बक्सियोस् आज झोली

बिन्ती, बक्सियोस् आज झोली

डिल्लीराज अर्याल
रुख महात्म्य

रुख महात्म्य

देवीप्रसाद घिमिरे
0
Would love your thoughts, please comment.x
()
x