विभिषणवाद

“मलाई बोल्न बोलाएको होइन ? किन हतार ? मलाई बोल्दाबोल्दै हस्तक्षेप गर्ने ? तिमीहरू पनि विभिषणवादी  हो कि क्या हो ? ल म पनि बोल्दिन जा ।”

“नयाँ बर्ष आउँदैछ । शुभकामना आदान प्रदानको कार्यक्रम राखिएको छ । तपाई पनि अतिथिको रुपमा कार्यक्रममा उपस्थित हुनुहोला ।” उनले निमन्त्रणापत्र चाख मानेर पढे । एकछिन पछि आयोजकबाट उनलाई फोन पनि आयो । आयोजकले फोेनमा भने- “अपिलसाप ! निमन्त्रणापत्र पाउनुभयो होला । अवस्य आउनुहोला । तपाईंले शुभकामना मन्तव्य व्यक्त गर्नुपर्छ ।”
“ल हुन्छ । म आउँछु ।” उनले भने ।

कार्यक्रम हुनेदिन तोकिएको समयमा अपिलप्रसाद कार्यक्रम स्थलमा पुगे । त्यहाँको कार्यक्रम स्थलमा सहभागीहरू टनाटन भरिभराउ थियो । आयोजकले अपिलप्रसादलाई पनि आशन ग्रहण गराए ।

त्यहाँ केहीले छोटो मन्तव्य दिँदै थिए । कोही कोही हतारमा थिए र आयोजकलाई छिटो छिटो भनेर अत्याउँदै थिए । आयोजक पनि हतारमा भए जस्तै देखिन्थे । उदघोषकले अपिलप्रसादलाई पनि नयाँबर्षको उपलक्षमा मन्तव्य राख्न भने ।
उनले मन्तव्य दिन थाले ।

“नयाँ बर्ष आउँदैछ । नयाँ बर्ष शुभ होस् भनेर हामीहरूले यस प्रकारको कार्यक्रम गर्दै आएका छौं । शुभकामना आदानप्रदानको बेलामा हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा पनि चासो राख्न सक्नुपर्छ । थाहा पाउनु पर्छ ।
पहिले पहिले उपनिवेशी हैकमवादीहरूले धेरै देशहरूमा कब्जा गरेर शोषण, दमन गरेर अर्थात अरु देशका मानिसहरूलाई दास बनाएर रजाई गरेका थिए । त्यसबाट मुक्त हुनको लागि ती देशहरूले स्वाधिनताको लागि लडे । संघर्ष गरेर संसारका विभिन्न देशहरू स्वतन्त्र भए । आफ्नै किसिमले चल्न थाले । त्यसरी चलेका देशहरूले ती हैकमवादीहरूले आफ्नो नीहित स्वार्थ अनुरुप चलाउन चाहे । आफ्नो स्वार्थ अनुरुप भएन भने त्यहाँका जनतालाई उक्साएर आफू अनुकुलको सत्ता कायम गराएर आफ्नो रजाँइ गर्न थाले ।

आफ्नो देशको स्वाधिनता, स्वाभिमान र स्वतन्त्रता भन्दा पनि आफ्नो देशलाई अरुको दासत्वमा लैजानु भनेको रामायणमा वणर्ित रावणको भाइ विभिषणको चरित्र हो, जसले आफ्नो दाज्युको पक्षमा नलागेर उसको शत्रुको पक्षमा लागे । अहिले हैकमवादीहरूले विभिन्न देशहरूमा यस्ता विभिषणहरूलाई जन्माई रहेकाछन् । आफ्नो देशलाई अरुको हैकममा सुम्पिरहेका छन् । यो साह्रै खतरनाक विभिषणवााद हो । यसबाट हामीले हाम्रो देशलाई बचाउन सक्नुपर्छ ।”

अपिलप्रसादले यस्तै बोल्दै थिए । उपस्थित सहभागीहरूले पनि निकै चाख मानेर सुनिरहेका थिए । उद्घोषकले अपिलको नजिक गएर छिटोेछिटो भन्न थाले । ऊ धाराप्रवाह बोल्दै थिए । उनलाई बिचमा रोकेको मन परेन । ऊ पनि के कम ? “मलाई बोल्न बोलाएको होइन ? किन हतार ? मलाई बोल्दाबोल्दै हस्तक्षेप गर्ने ? तिमीहरू पनि विभिषणवादी  हो कि क्या हो ? ल म पनि बोल्दिन जा ।”

यति भनेर अपिलप्रसाद सरासर मञ्चबाट बाहिरिए । आयोजकहरू भने अक्क न बक्क ।

०००
कुलेश्वर, काठमाडौं

फित्काैलीको सूचना
बागमती प्रदेश सञ्चार कार्यालय लामो
झ्याइँकुटीका तीन झड्का

झ्याइँकुटीका तीन झड्का

माणिकरत्न शाक्य
काग करायो कि बाघ ?

काग करायो कि बाघ...

तिलक लुइटेल
रसरङ्ग

रसरङ्ग

माणिकरत्न शाक्य
चङ्खेका चार ठट्टा

चङ्खेका चार ठट्टा

गोपालराज मैनाली (चङ्खे)
मुस्कान तीन

मुस्कान तीन

माणिकरत्न शाक्य