साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विभिषणवाद

“मलाई बोल्न बोलाएको होइन ? किन हतार ? मलाई बोल्दाबोल्दै हस्तक्षेप गर्ने ? तिमीहरू पनि विभिषणवादी  हो कि क्या हो ? ल म पनि बोल्दिन जा ।”

Nepal Telecom ad

“नयाँ बर्ष आउँदैछ । शुभकामना आदान प्रदानको कार्यक्रम राखिएको छ । तपाई पनि अतिथिको रुपमा कार्यक्रममा उपस्थित हुनुहोला ।” उनले निमन्त्रणापत्र चाख मानेर पढे । एकछिन पछि आयोजकबाट उनलाई फोन पनि आयो । आयोजकले फोेनमा भने- “अपिलसाप ! निमन्त्रणापत्र पाउनुभयो होला । अवस्य आउनुहोला । तपाईंले शुभकामना मन्तव्य व्यक्त गर्नुपर्छ ।”
“ल हुन्छ । म आउँछु ।” उनले भने ।

कार्यक्रम हुनेदिन तोकिएको समयमा अपिलप्रसाद कार्यक्रम स्थलमा पुगे । त्यहाँको कार्यक्रम स्थलमा सहभागीहरू टनाटन भरिभराउ थियो । आयोजकले अपिलप्रसादलाई पनि आशन ग्रहण गराए ।

त्यहाँ केहीले छोटो मन्तव्य दिँदै थिए । कोही कोही हतारमा थिए र आयोजकलाई छिटो छिटो भनेर अत्याउँदै थिए । आयोजक पनि हतारमा भए जस्तै देखिन्थे । उदघोषकले अपिलप्रसादलाई पनि नयाँबर्षको उपलक्षमा मन्तव्य राख्न भने ।
उनले मन्तव्य दिन थाले ।

“नयाँ बर्ष आउँदैछ । नयाँ बर्ष शुभ होस् भनेर हामीहरूले यस प्रकारको कार्यक्रम गर्दै आएका छौं । शुभकामना आदानप्रदानको बेलामा हामीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयमा पनि चासो राख्न सक्नुपर्छ । थाहा पाउनु पर्छ ।
पहिले पहिले उपनिवेशी हैकमवादीहरूले धेरै देशहरूमा कब्जा गरेर शोषण, दमन गरेर अर्थात अरु देशका मानिसहरूलाई दास बनाएर रजाई गरेका थिए । त्यसबाट मुक्त हुनको लागि ती देशहरूले स्वाधिनताको लागि लडे । संघर्ष गरेर संसारका विभिन्न देशहरू स्वतन्त्र भए । आफ्नै किसिमले चल्न थाले । त्यसरी चलेका देशहरूले ती हैकमवादीहरूले आफ्नो नीहित स्वार्थ अनुरुप चलाउन चाहे । आफ्नो स्वार्थ अनुरुप भएन भने त्यहाँका जनतालाई उक्साएर आफू अनुकुलको सत्ता कायम गराएर आफ्नो रजाँइ गर्न थाले ।

आफ्नो देशको स्वाधिनता, स्वाभिमान र स्वतन्त्रता भन्दा पनि आफ्नो देशलाई अरुको दासत्वमा लैजानु भनेको रामायणमा वणर्ित रावणको भाइ विभिषणको चरित्र हो, जसले आफ्नो दाज्युको पक्षमा नलागेर उसको शत्रुको पक्षमा लागे । अहिले हैकमवादीहरूले विभिन्न देशहरूमा यस्ता विभिषणहरूलाई जन्माई रहेकाछन् । आफ्नो देशलाई अरुको हैकममा सुम्पिरहेका छन् । यो साह्रै खतरनाक विभिषणवााद हो । यसबाट हामीले हाम्रो देशलाई बचाउन सक्नुपर्छ ।”

अपिलप्रसादले यस्तै बोल्दै थिए । उपस्थित सहभागीहरूले पनि निकै चाख मानेर सुनिरहेका थिए । उद्घोषकले अपिलको नजिक गएर छिटोेछिटो भन्न थाले । ऊ धाराप्रवाह बोल्दै थिए । उनलाई बिचमा रोकेको मन परेन । ऊ पनि के कम ? “मलाई बोल्न बोलाएको होइन ? किन हतार ? मलाई बोल्दाबोल्दै हस्तक्षेप गर्ने ? तिमीहरू पनि विभिषणवादी  हो कि क्या हो ? ल म पनि बोल्दिन जा ।”

यति भनेर अपिलप्रसाद सरासर मञ्चबाट बाहिरिए । आयोजकहरू भने अक्क न बक्क ।

०००
कुलेश्वर, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x