साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘संवेदनाका स्वरहरू’ निबन्धकृतिको २५ वर्षपछि चर्चा

‘संवेदनाका स्वरहरू’ निबन्धसङ्ग्रहका भूमिका लेखक प्रा.डा. शैलेन्दुप्रकाश नेपाल र सो कृतिका आवरण कलाका कलाकार के.के. कर्माचार्यलगायत समीक्षकद्वय डा.ज्ञानु पाण्डे र महेश पौडेलले निबन्ध लेखनका उतारचढावका विविधपक्षमा चर्चा

Nepal Telecom ad

शंकर लामिछाने प्रतिष्ठानले हिजो २०७९ पुस २९ गते थाहा पुस्तकालय, मीनभवन, काठमाडौँमा चार निबन्धकारहरू श्रीओम श्रेष्ठ ‘रोदन’, भीष्म उप्रेती, युवराज नयाँघरे र ज्ञानेन्द्र विवशद्वारा लिखित ‘संवेदनाका स्वरहरू’ निबन्धसङ्ग्रह प्रकाशनको २५ वर्ष (रजत महोत्सव)को अवसरमा समीक्षात्मक कार्यक्रमको आयोजना गर्‍यो ।

सो अवसरमा ‘संवेदनाका स्वरहरू’ निबन्धसङ्ग्रहका भूमिका लेखक प्रा.डा. शैलेन्दुप्रकाश नेपाल र सो कृतिका आवरण कलाका कलाकार के.के. कर्माचार्यलगायत समीक्षकद्वय डा.ज्ञानु पाण्डे र महेश पौडेलले निबन्ध लेखनका उतारचढावका विविधपक्षमा चर्चा गर्नु भयो ।

‘संवेदनाका स्वरहरू’का चार निबन्धकारले आआफ्नो सङ्क्षिप्त मन्तव्यका क्रममा बितेको २५ वर्षदेखि निबन्ध र नियात्रा लेखनमा कृति प्रकाशनका साथै उक्त विधालाई निरन्तरता दिंदै आएको बताएका थिए ।

शंकर लामिछाने प्रतिष्ठानका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सप्पन्न कार्यक्रममा साहित्यकार शैलेन्दुप्रकाश नेपाललाई लेखकहरूका तर्फबाट आभारपत्रसहित अभिनन्दन गरिएको थियो ।

कार्यक्रमको संचालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x