साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडीगोठ

नाकै फुट्छ कि झैँ गनाउँन यिनी थाले अचाक्ली भयो, आँखा खोल्न सकिन्न हेर्नु कसरी पर्दा खुल्यो लाजको, भेडीगोठ बनाउँने रहरमा आऊ कुनै छौ भने, सित्तैमा म दिनेछु गोठ पनि यो लाने कुनै छौ भने ।

Nepal Telecom ad

भेडीगोठ बनाउँने तय गरी भेडा हजारौँ किनेँ
दाना घाँस पराल मिल्छ घरमै उन्मुक्त हाँसो पिएँ
ल्याएँ जङ्गलबाट काठ घरको छाएर छानो बसेँ
हावादार पहारिलो स्थल चुनी डाँडा र भाटा कसेँ ।

मानेनन् तर बस्न गोठतिर यी दाना र पानी पिई
खाएनन् नि पराल घाँस यिनले बस्छन् सधैँ राँक्किई
हेर्छन् क्रुद्ध बनेर हैसियतनै मैले भुले झैँ गरी
हाम्रो मालिक हैन नोकर तँ होस् जस्तो गरी मन्परी ।

भाच्छन् झै सिङ लड्दछन् अझ थुमा स्वाँस्वाँ र फ्वाँफ्वाँ गरी
रातारात मिलाउँछन् स्वर गला भ्या भ्या गरी सुस्तरी
आफ्नै बास सखाप पार्न यिनले खेल्छन् सिङौरी अनि
भत्काएर बिजोग गोठ टहरो ढल्दैछ छानो पनि ।

खोज्छन् बोतल भित्रको रस यिनी सर्लक्क सुक्र्याउँन
दाना होइन खान राष्ट्र ढुकुटि खर्लप्प रित्याउँन
ज्याद्रो सोच बटारिँदैछ सिङ झैँ साह्रै बने निर्घिणी
जे सोचेँ विपरीत भो रिन गरी बेकार ल्याएँ किनी ।

नाकै फुट्छ कि झैँ गनाउँन यिनी थाले अचाक्ली भयो
आँखा खोल्न सकिन्न हेर्नु कसरी पर्दा खुल्यो लाजको
भेडीगोठ बनाउँने रहरमा आऊ कुनै छौ भने
सित्तैमा म दिनेछु गोठ पनि यो लाने कुनै छौ भने ।

यी पाखा पहरा र खोच खहरे झर्दै नझर्ने अरे
बेसी फाँट तथा खुला चउरमा चर्दै नचर्ने अरे
बस्दैनन् अब गोठमा र यिनको संसार बेग्लै छ रे
मान्छे हो सुन चल्नु पर्दछ अरे भेडामुखी राज रे ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
ला

ला

प्रकाश चापागाइँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x