साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भेडीगोठ

यी पाखा पहरा र खोच खहरे झर्दै नझर्ने अरे बेसी फाँट तथा खुला च उरमा चर्दै नचर्ने अरे बस्दैनन् अब गोठमा र यिनको संसार बेग्लै छ रे मान्छे हो सुन चल्नु पर्दछ अरे भेडामुखी राज रे ।

Nepal Telecom ad

भेडी गोठ बनाउँने तय गरी भेडा हजारौँ किनेँ
दाना घास पराल मिल्छ घरमै उन्मुक्त हाँसो पिएँ
ल्याएँ जङ्गलबाट काठ घरको छाएर छानो बसेँ
हावादार पहारिलो स्थल चुनी डाँडा र भाटा कसेँ

मानेनन् तर बस्न गोठतिर यी दाना र पानी पिई
खाएनन् नि पराल घास यिनले बस्छन् सधैँ राँक्किई
हेर्छन् घुर्र घुरेर हैसियतनै मैले भुले झैँ गरी
हाम्रो मालिक हैन नोकर तँ होस् जस्तो गरी मन् परी

भाँच्छन् झैँ सिङ लड्दछन् अझ थुमा स्वाँ स्वाँ र फ्वा फ्वाँ गरी
रातारात मिलाउँछन् स्वर गला भ्या भ्या गरी सुस्तरी
आफ्नै वास सखाप पार्दछु भनी खेल्छन् सिङौरी यिनी
भत्काएर बिजोग गोठ टहरो ढल्दै छ छानो पनि

खोज्छन् बोतल भित्रको रस यिनी सर्लक्क सुक्र्याउँन
दाना होइन खान राष्ट्र ढुकुटी खर्ल्याप्प रित्याउँन
ज्याद्रो सोच बटारिँदैछ सिङ झैँ साहै बने निर्घिणी
जे सोचेँ विपरीत भो ऋण गरी बेकार ल्याएँ किनी

नाकै फुट्छ कि झैँ गनाउँन यिनी थाले अचाक्ली भयो
आँखा खोल्न सकिन्न हेर्नु कसरी पर्दा खुल्यो लाजको
भेडी गोठ बनाउँने रहरमा आऊ कुनै छौ भने
सित्तैमा म दिनेछु गोठ पनि यो लाने कुनै छौ भने

यी पाखा पहरा र खोच खहरे झर्दै नझर्ने अरे
बेसी फाँट तथा खुला च उरमा चर्दै नचर्ने अरे
बस्दैनन् अब गोठमा र यिनको संसार बेग्लै छ रे
मान्छे हो सुन चल्नु पर्दछ अरे भेडामुखी राज रे ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
ला

ला

प्रकाश चापागाइँ
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x