साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पैसा

Nepal Telecom ad

पैसा रैछ अजीव जीव दुनियाँ सानो छ पैसा ठुलो height=
पैसा सामु नगण्य मात्तृ ममता बग्दैन माया कुलो {{read_more}}
पैसा उड्छ अकासमा फुरफुरूउड्ने परेवासरि
पैसा गुड्छ समुद्रको पिँध हुदैमाछा घुमे झैँ गरी

पैसा तस्करसाथ हुन्छ र उही सन्मान्य भै बाच्दछ
सारा राष्ट्र रिङाउँदै मखमली माला उनी नाच्दछ
काला कर्तुतमा र लाज घिनमा वाचालमा चालमा
भ्रष्टाचार जहाँ छ झुल्दछ त्यहीँ पैसा सधैँ जालमा

जल्ले सक्दछ चोर्न राष्ट्र ढुकुटी पैसा भकारीभरि
जल्ले बोक्छ तराजु पुग्दछ त्यहीँ अन्याय बोराभरि
पैसाले मतिभ्रष्ट पार्छ सबको संसार थर्काउँछ
आफ्नै बन्धु र इष्टमित्र जनको विश्वास भत्काउँछ

पैसा साधन मात्र हो तर यहाँ उल्टो र पाल्टो भयो
निद्रामा विपना र मस्त सपना कल्पेर पैसा गयो
पैसामैँ किनबेच हुन्छ सजिलै सत्ता र भत्ता पनि 
निष्ठावान चरित्रवान बिचरा लाग्छन् किनारा अनि

पैसा जोसित हुन्न हुन्न उसको अस्तित्व ऊ तास हो
मस्ती मोज इनाम मान मनितो मिल्दैन ऊ दास हो
चाहे जे गर प्राप्त गर्न धनको चोरी डकैती गर
तिम्रो झैँ महिमा र आदर कतै भत्किन्न हाम्रो घर

पैसा निम्ति खुलम्खुला रगतको खोलो बगाए पनि
आगो दन्दन लाउँदै मुलुक नैँ सिङ्गै जलाए पनि
केही हुन्न उचाइ बढ्दछ अझै पैसा कमाएपछि 
तिम्रो नाम गयो बग्यो बगरमा पैसा गुमाए पछि ।

सुर्खेत
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
ला

ला

प्रकाश चापागाइँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x