साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ला

Nepal Telecom ad

भाटोमा उनिई धुजा कमिजको गोजी उधारेर ला height=
माटोमा उभिई धरा धसिँगरे दौरा लतारेर ला {{read_more}}
बाटोको डिलमा गज्जक ठडिई चस्मा फुटाएर ला
उम्दा नाटक हुन्छ है करङका छेस्का छिपाएर ला

हाँडीको मुखमाथि पाट खरुको जुङ्गा टँसाएर ला
सग्ला कान चिरेर काठ खबटा कौडी बनाएर ला
आँखीभौँ तरबारझैँ दलिनको ध्वाँसो घसासेर ला 
जिब्रो लाल फलाम दाँत टिनका दाह्रा निकालेर ला

घाँटीमा नलिहाड हाड पशुका माला उनाएर ला
झुत्रो टोप निधारमाथि हलुका पल्ला उठाएर ला 
धोतीको शतजीर्णमा रिबनको फेटा मिलाएर ला
रङ्गी च्यादर कोटमाथि बगली भाङ्ग्रो उधारेर ला

चेलीले किन नाक छेड्नु बिमिरो बोक्रो फुलीझैँ तँ ला
कल्ली पाउजु बेत बाँस कि भलो नाङ्लो बिगारेर ला
च्याङ्ग्र्रा खच्चरका झुसे पुछरको दाह्री बटारेर ला
नौटङ्की कति हेरियो जुग बिते सारी लतारेर ला

यात्रा पश्चिम पूर्वको तय गरी बाटो बिराएर ला 
मुर्दाशान्ति समानको सहरमा माटो रङ्गाएर ला
ला रे निर्घिण तालको नकचरा लाजै पचाएर ला
ला ला ख्याक ढिलो नगर् अब छिटो जे मिल्छ बेरेर ला ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x