साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभु !

Nepal Telecom ad

गोटी षड्यन्त्रका चाहे जति चालिसियोस् प्रभु !
खसी घोर्ले, सिसी झिल्के जति ढालिसियोस् प्रभु ! {{read_more}}

सेतो पार्न त गाह्रै छ “कालो धन”’ मरे पनि 
“पुरस्कार” भनी चारो जति फालिसियोस् प्रभु !

घाम–जून हजूरैका हुने पेवा गए दिन
नौ लाख पिल्पिले तारा जति बालिसियोस् प्रभु !

चल्दैन अब क्यै दैया सत्यलाई दबाउन
अल्सेसियन मापाका जति पालिसियोस् प्रभु !

विद्रोही “व्यास” लाई यो किन खोज्नु फकाउन ?
आफ्नो विवेकको भ्वाङ बरु टालिसियोस् प्रभु ! 
 
(रचनाकाल र स्थान ः २०५३ माघ, कलैया) 
(‘बोधिवृक्षको छायामा’, कवितासङ्ग्रह, २०६९)

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x