साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिन्दगीका तीन ठाेकान

सर्वथा उच्च दर्जामा पास,पास र पास हो कर्मवीरहरूनिम्ति फेल होइन जिन्दगी ।

Nepal Telecom ad

निर्मोही व्यास :

१.
खुम्चिई लीकमा गुड्ने रेल होइन जिन्दगी
उर्लँदो खहरेजस्तो भेल होइन जिन्दगी
“भोगूँ-भोगूँ अझै” लाग्ने, यो हो अद्भुत मोहनी
कागका निम्ति पाकेको बेल होइन जिन्दगी ।

२.
मुक्त आकाश हो,सिङ्गो,जेल होइन जिन्दगी
“झुम्राको पुतली” जस्तो खेल होइन जिन्दगी
आत्मा र परमात्माको मेल हो यो अजम्मरी
नघुल्ने जलका साथ तेल होइन जिन्दगी ।

३.
हो पाप-पुण्यको साक्षी, झेल होइन जिन्दगी
पौरखी पाखुरानिम्ति नेल होइन जिन्दगी
सर्वथा उच्च दर्जामा पास, पास र पास हो
कर्मवीरहरूनिम्ति फेल होइन जिन्दगी ।

०००
हेटाैडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x