साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मायाँ भन्नु खोला रैछ

स्वीकार्य छन् सबै सबै, जे-जेसुकै तँ दे तर कृपा गरी रुग्ण बुढ्यौली तँ नदे ज्यूँदो छँदा भोकभोकै मर्दा पिण्ड खीरै मायाँ भन्नु खोला रैछ, बग्ने तलतिरै ।

Nepal Telecom ad

(परिवारबाट उपेक्षित संसारका समस्त वृद्ध-वृद्धाप्रति समर्पित)

मायाँ भन्नु खोला रैछ,बग्ने तलतिरै
माथिकाले आस गर्नु व्यर्थै रैछ बरै !
००
चारदिने जिन्दगानी कल्पी काट्नुपर्ने
भुलभुले आँसुले नै प्यास मेट्नुपर्ने
आशा पनि पीडा रैछ, व्यथा रैछ चर्को
मायाँ खोज्दा सट्टामा झन् मिल्ने झर्कोफर्को
कलेजीका टुक्राहरू हुने परपरै
मायाँ भन्नु खोला रैछ, बग्ने तलतिरै
००
बुढ्यौलीको बोझमाथि थपिँदा छन् रोग
अझै कति बाँकी होला जीवनको भोग !
व्यथा कहाँ बिसाउनु ? पीर कहाँ पोख्नु ?
भावनाको भेललाई कसरी पो रोक्नु ?
यही पीडा, यही दुःख व्याप्त घरघरै
मायाँ भन्नु खोला रैछ, बग्ने तलतिरै
००
उन्मुक्त यो हृदयको पन्छी भयो बन्दी
मन खोल्ने आकाङ्क्षामा लाग्यो गलफन्दी
मर्न काल आउँदैन, ज्यून भयो गाह्रो
जिन्दगी त मृत्युृभन्दा पनि रैछ साह्रो
धक फोई रुन पनि मान्नुपर्ने डरै
मायाँ भन्नु खोला रैछ, बग्ने तलतिरै
००
‘सन्तानले हाम्रा पनि देखासिकी गर्लान्
छिःछिः दुर्दुर् गरीगरी तड्पाएर मार्लान्’
भन्ने ज्ञान नआउने, बूढै हुन्नौँ ठान्ने
संवेदनाहीनलाई के सन्तान मान्ने !
वृद्धाश्रम कुर्नुपर्ने उखेलिई जरै !
मायाँ भन्नु खोला रैछ, बग्ने तलतिरै
००
हे विधाता ! अरू कष्ट जतिसुकै तँ दे
मरेपछि स्वर्ग दे कि महानर्कै तँ दे
स्वीकार्य छन् सबै सबै, जे-जेसुकै तँ दे
तर कृपा गरी रुग्ण बुढ्यौली तँ नदे
ज्यूँदो छँदा भोकभोकै मर्दा पिण्ड खीरै
मायाँ भन्नु खोला रैछ, बग्ने तलतिरै ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

दीनानाथ पाेखरेल
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

इन्दिरा प्रयास
हाम्रो बचाओैँ अस्मिता

हाम्रो बचाओैँ अस्मिता

कल्पना अधिकारी
0
Would love your thoughts, please comment.x
()
x