साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अटाइन

योग्यताका कसी तिम्रा— चाकरी चाटुकारिता मलाई मृत्यु स्वीकार्य, छैन स्वीकार्य दासता म अयोग्य हुनाले नै तिम्रो प्रणय पाइन हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन ।

Nepal Telecom ad

पचाउन सकेँ मैले न बौद्धिक प्रदूषण
न त चाहेँ स्वयम्लाई बनाइदिन चारण
स्वार्थको बलिवेदीमा स्वाभिमान चढाइन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

प्रतिभाको न ता आफ्नो विज्ञापन गरी हिँडेँ
दलका भरिया बन्दै बैतर्नीमा न ता गिरेँ
कसैलाई उचाल्ने र पछार्ने खेल खेलिन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

एकोहोरो अहोरात्र सत्यको पथमा हिँडेँ
अवरोधहरू आए डटी सङ्घर्षमा भिडेँ
असत्का साथ सम्झौता कहिल्यै गर्न मानिन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

म यौटा गाउँले मान्छे र त्यो हो अमरावती
मेरो ग्राम्य कुलाचार,तिम्रो नागर संस्कृति
तिम्रो संस्कारमा रम्न आफ्नो संस्कार फालिन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

गाईलाई भनेँ गाई, गधालाई भनेँ गधा
विवेकको गरेँ पूजा मानी ईश्वर सर्वदा
गला इमानको रेटी महमा डुब्न चाहिन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

म काग नै रहेँ, डाँफे बन्न प्वाँख रँगाइन
चर्चाको प्यासमा मीत चमेरासित लाइन
दृष्टिबाट स्वयम् आफ्नो झर्ने बाटो समाइन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

यौटै रूप रह्यो मेरो समान भित्र-बाहिर
मखुन्डोको भएँ द्वेषी पारदर्शी सबैतिर
जे देख्यो ब्रह्मले, लेखेँ-बोलेँ चिल्लो लगाइन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

मदारीको इशारामा भालू-नाच म नाचिन
चौका हानेर मौकामा चुलिने स्वप्न साँचिन
“निगाहा होस् प्रभो !” भन्दै शक्तिपीठ म धाइन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

म चेपारे र छेपारे-हरूदेखि सुदूर छु
कोहिनूर तिनै तिम्रा र म अन्यन्त झूर छु
तिम्रो आफन्तमा पर्न म पटक्कै सुहाइन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

१०
एकै जिब्रे भएँ जैल्यै, दुई जिब्रो रुचाइन
‘अहो रूपम् !’ भनी कैल्यै गर्दभी राग गाइन
रमेँ आफ्नै पसीनामा,अन्त र्याल चुहाइन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

११
लुकी कम्मल ओढेर कहिल्यै घिउ खाइन
‘रामराम’ भनी मैले छुरा-कैँची चलाइन
पाली सङ्कीणर् सिद्धान्त गिदी आफ्नो कुहाइन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

१२
योग्यताका कसी तिम्रा— चाकरी चाटुकारिता
मलाई मृत्यु स्वीकार्य, छैन स्वीकार्य दासता
म अयोग्य हुनाले नै तिम्रो प्रणय पाइन
हे इन्द्र ! स्वर्गमा तिम्रो त्यसैले म अटाइन

०००
चारण : भाट । अमरावती : स्वर्गको राजधानी । प्रणय : प्रेम ।

हेटौंँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x