साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जन्मन्छौ कहिले तिमी ?

छिमेकी साँध मिच्दो छ,देशै निल्न तयार छ घरका भँडुवाबाट उत्तिकै झन् प्रहार छ जुटेका छन् सबै लुट्नै, दिँदै नारा विकासको सुनौला सपना बाँड्दै गर्छन् खेती विनाशको ।

Nepal Telecom ad

निर्मोही व्यास :

“जहिले जहिले हुन्छ लोकमा धर्मको क्षय
अधर्म र अनाचार-असत्-अन्यायको जय,
गर्न सज्जनको रक्षा, दुष्टको हर्न जीवन
उकास्न धर्म, प्रत्येक युगमा जन्मनेछु म ।१

गरेथ्यौ कृष्ण ! यो वाचा आफैँले,किन बिर्सियौ ?
देखे पनि नदेखेझैँ गर्‍यौ, नयन चिम्लियौ
तिमी वचनका कच्चा रहेछौ पो बुझौँ कि त !
यदि पक्का हुँदा हौ त अधर्मी मास्दथ्यौ नि त ।२

बोलवाला अधर्मीकै छ आज दुनियाँभरि
बम-बारुदले मान्छे मारिँदै छन् चरासरि
चौतर्फ चुलिएको छ विसङ्गति र बेथिति
उदाहरण काफी छ “हाम्रो नेपालकै स्थिति” ।३

छिमेकी साँध मिच्दो छ,देशै निल्न तयार छ
घरका भँडुवाबाट उत्तिकै झन् प्रहार छ
जुटेका छन् सबै लुट्नै, दिँदै नारा विकासको
सुनौला सपना बाँड्दै गर्छन् खेती विनाशको ।४

ढाकेका छन् अधर्मीले, र सर्वत्र विभेद छ
सोझा-सज्जनका निम्ति यत्रतत्र निषेध छ
बाङ्गा-नाङ्गाहरू नाच्छ्न् मर्काईकन कम्मर
हिँड्छन् अभय पाएर खुल्ला खूनी र तस्कर ।५

गर्दा राक्षसले राज्य, सङ्कटग्रस्त देश छ
अझै भनौँ त, “नेपाल” नाउँमा मात्र शेष छ
पर्खँदैमा तिमीलाई हाम्रो बित्नेभयो जुनी
बिन्ती छ ! भन लौ साँच्चै, जन्मन्छौ कहिले तिमी ?६

०००
हेटौंडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x