साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भड्खालो

अवस्था बदलियो, सेतो छायाँ खर्लापखुर्लुप भयो । “यो के हो भाइ ? मैले तिमीलाई कालकोठरीबाट निकाल्न त्यत्रो सहयोग गरेँ अझ मलाई नै ट्वाँटी कस्ने ? यस्तो जानेको भए.....” काँप्दै सेतो छायाँले भन्यो ।

Nepal Telecom ad

मनीषकुमार शर्मा ‘समित’ :

कालो छायाँ सरासर कोठा भित्र छिर्‍यो र अनसान्दर्भिक माग राख्यो । सेतो छायाँले ठाडै अस्विकार गर्‍यो । दुवैमा निकै तातो बहससँगै शब्दका झोँका चर्को हुँदै गयो ।

सेतो छायाँले यस्तो व्यवहार देखाइरहेको थियो कि मानौं उसलाई आँफूले गरेका कर्मप्रति कुनै पछुतो छैन । कालो छायाँ पनि कम थिएन । उसले बन्दुकको नाल तेर्सायो । अवस्था बदलियो, सेतो छायाँ खर्लापखुर्लुप भयो ।

“यो के हो भाइ ? मैले तिमीलाई कालकोठरीबाट निकाल्न त्यत्रो सहयोग गरेँ अझ मलाई नै ट्वाँटी कस्ने ? यस्तो जानेको भए…..” काँप्दै सेतो छायाँले भन्यो ।

कुटिल हाँसोमा कालो छायाँले भन्यो-
“थाहा थियो त मेरो बारेमा । फेरि फोकटमा माफी मिनाहा गरेको पनि हैन । तिमीहरूले नै बनाएको भड्खालो त हो नि । कुनैदिन त्यसमा भासिन्छु भन्ने थिएन र ? मबाट जति हसुरेको छौ खुरुक्क फिर्ता गर । नत्र……।”

०००
मध्यपुर ठिमी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उधारो कात्रो

उधारो कात्रो

मनीषकुमार शर्मा ‘समित’
अपूर्व झोली

अपूर्व झोली

मनीषकुमार शर्मा ‘समित’
अनुत्तरित प्रश्न

अनुत्तरित प्रश्न

मनीषकुमार शर्मा ‘समित’
सन्तृप्त

सन्तृप्त

मनीषकुमार शर्मा ‘समित’
शून्यक

शून्यक

मनीषकुमार शर्मा ‘समित’
दुर्गधो

दुर्गधो

मनीषकुमार शर्मा ‘समित’
0
Would love your thoughts, please comment.x
()
x