साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ओकल्छु आगो म बागी बनेर

बिरालो कराएर तर्सन्न बाघ मुसा हो र दब्ला दुलामा पसेर ? हुँ चेलो हठी ‘देवकोटा’ हरूको र ओकल्छु आगो म ‘बागी’ बनेर । बनेको छु बेग्लै कडा धातुले म मलाई अरूसङ्ग दाँजी नहेर ।

Nepal Telecom ad

भएछन् अरू दास तिम्रा, भनेर
मलाई सँगै किन्न खोज्यौ कुवेर ?

हुँ राजा स्वयम्, हैन रैती म तिम्रो
म चाहे रहूँ झोपडीमै रमेर

छ धर्ती ठुलो, साँघुरै मात्र देख्ने
स्वयंको निकम्मा तिमी दृष्टि फेर

हुँदैनन् सबै चाकरै ‘स्वत्व’ सुम्पी
छुसी द्रव्यको मोहनीमा परेर

तिमी घाम हौला कि वा जून,तारा
म आकाश सिङ्गै, बसेको डटेर

कुनै धूर्तको वैभवी दम्भसामु
कहाँ झुक्तछन् स्वााभिमानी गिरेर !

तिमी नक्कली, झूट ‘झिल्के मयूर’
म कागै हुँला, किन्तु खाँटी छु हेर !

बिरालो कराएर तर्सन्न बाघ
मुसा हो र दब्ला दुलामा पसेर ?

हुँ चेलो हठी ‘देवकोटा’ हरूको
र ओकल्छु आगो म ‘बागी’ बनेर

बनेको छु बेग्लै कडा धातुले म
मलाई अरूसङ्ग दाँजी नहेर ।

०००
हेटौँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
‘जब आयु ढल्यो…’

‘जब आयु ढल्यो…’

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x