बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

‘जब आयु ढल्यो…’

विधि हे ! जति दुःख अभाव तँ दे कृपया तर रुग्ण बुढ्याइँ न दे अब ‘कल्पित ईश्वर’ कै भर भो जब आयु ढल्यो घर नै पर भो ।

Nepal Telecom ad

निर्मोही व्यास :

(संसारभरिका उपेक्षित वृद्धवृद्धाहरूमा सादर समर्पित)


तन जर्जर थर्थर धर्मर भो
स्मृति विस्मृति लोचन धूमिल भो
मृदु बोल गरे पनि कर्कर भो
जब आयु ढल्यो घर नै पर भो


सब इन्द्रिय दुर्बल दुर्बल भो
जब रोग अनेक अझै थप भो
जब जीवन यो परनिर्भर भो
जब आयु ढल्यो घर नै पर भो


जब भेट्न कसैसित चाहत भो
सब दूर हुँदा मन आहत भो
जिउँदै सिनुझैँ छि छि दुर्दुर भो
जब आयु ढल्यो घर नै पर भो


कति बाँच्नु अझै अपहेलित भै !
तर आउँछ काल कहाँ सजिलै ?
अब मोह सबै चकनाचुर भो
जब आयु ढल्यो घर नै पर भो


विधि हे ! जति दुःख अभाव तँ दे
कृपया तर रुग्ण बुढ्याइँ न दे
अब ‘कल्पित ईश्वर’ कै भर भो
जब आयु ढल्यो घर नै पर भो ।

०००
हेटाैँडा

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
बेहाल छ

बेहाल छ

निर्मोही व्यास
हाम्रा वृद्ध

हाम्रा वृद्ध

रामशरण न्याैपाने
“बा” काव्यांश- १३

“बा” काव्यांश- १३

दीनानाथ पाेखरेल
वृद्धावस्था

वृद्धावस्था

नवराज न्याैपाने माैन
आमाको चिठी

आमाको चिठी

लक्ष्मी थापा
“बा” (काव्यांश – १२)

“बा” (काव्यांश – १२)

दीनानाथ पाेखरेल