साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘जब आयु ढल्यो…’

विधि हे ! जति दुःख अभाव तँ दे कृपया तर रुग्ण बुढ्याइँ न दे अब ‘कल्पित ईश्वर’ कै भर भो जब आयु ढल्यो घर नै पर भो ।

Nepal Telecom ad

निर्मोही व्यास :

(संसारभरिका उपेक्षित वृद्धवृद्धाहरूमा सादर समर्पित)


तन जर्जर थर्थर धर्मर भो
स्मृति विस्मृति लोचन धूमिल भो
मृदु बोल गरे पनि कर्कर भो
जब आयु ढल्यो घर नै पर भो


सब इन्द्रिय दुर्बल दुर्बल भो
जब रोग अनेक अझै थप भो
जब जीवन यो परनिर्भर भो
जब आयु ढल्यो घर नै पर भो


जब भेट्न कसैसित चाहत भो
सब दूर हुँदा मन आहत भो
जिउँदै सिनुझैँ छि छि दुर्दुर भो
जब आयु ढल्यो घर नै पर भो


कति बाँच्नु अझै अपहेलित भै !
तर आउँछ काल कहाँ सजिलै ?
अब मोह सबै चकनाचुर भो
जब आयु ढल्यो घर नै पर भो


विधि हे ! जति दुःख अभाव तँ दे
कृपया तर रुग्ण बुढ्याइँ न दे
अब ‘कल्पित ईश्वर’ कै भर भो
जब आयु ढल्यो घर नै पर भो ।

०००
हेटाैँडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जिन्दगीका तीन ठाेकान

जिन्दगीका तीन ठाेकान

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
जन्मन्छौ कहिले तिमी ?

जन्मन्छौ कहिले तिमी ?

निर्मोही व्यास
अटाइन

अटाइन

निर्मोही व्यास
ओकल्छु आगो म बागी बनेर

ओकल्छु आगो म बागी...

निर्मोही व्यास
मायाँ भन्नु खोला रैछ

मायाँ भन्नु खोला रैछ

निर्मोही व्यास
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x