साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रतिबन्ध

“साइबर कानुन लगाएर कलममा कैँची लगाउदा भइहाल्यो नि त !” कुन ठुलो कुरो भयो, कानुन बनाउने आफ्नै हातमा छ केर !” “त्यही त अप्ठ्यारो हजुर ! किटेरै लेख्दैनन्, खाली फलानोले, फलानाको, फलानोजस्तो भनेर घुमाएर लेख्छन् ।” “पुर्पुरोमा लागेर पनि नदुख्या जस्तो गर्नु पर्‍या छ ।”

Nepal Telecom ad

दिप मंग्राती :

“टिकटकलाई प्रतिबन्ध लगाए जस्तै, यो लघुकथालाई पनि प्रतिबन्ध लगाउनु पर्ने भयो नेताज्यू !”
“यो जाबो कथाले के गरेको छ र त्यस्तो प्रतिबन्ध नै लगाउनु पन ?”
“यो त झन् टिकटक भन्दा पनि खतरनाक छ नि हजुर !”

“टिकटकले त खासै के गर्‍याथ्यो र…?”
“भिडियो बनाउदा केही भिरबाट खसे होलान्, केही नदीमा झरे होलान्, नत्र रमाइलै थियो नि !”
“कसैको जोक हेर्न पाइन्थ्यो, कसैको भोक त कसैको सौन्दर्य हेर्न पाइन्थ्यो ! रमाइलै थियो नि हजुर !”
“लघुकथाले त गर्नैसम्म गर्‍या छ, नाङ्गेझार नै पार्‍या छ ।”
“कसैलाई छोड्या छैन नि हजुर !”

“साइबर कानुन लगाएर कलममा कैँची लगाउदा भइहाल्यो नि त !” कुन ठुलो कुरो भयो, कानुन बनाउने आफ्नै हातमा छ केर !”
“त्यही त अप्ठ्यारो हजुर ! किटेरै लेख्दैनन्, खाली फलानोले, फलानाको, फलानोजस्तो भनेर घुमाएर लेख्छन् ।” “पुर्पुरोमा लागेर पनि नदुख्या जस्तो गर्नु पर्‍या छ ।”
“सेन्सर लगाए भइगयो त !”

“हैन हजुर, सेन्सरले काम गर्दैन, अब यो फेसबुकलाई पनि प्रतिबन्ध नै लगाउनु पर्ला, न रहे बाँस न बजे मुरली !”
“हुन्न हुन्न ! फेसबुक त प्रतिबन्ध लगाउने कुरै नगर, सोच्दा पनि नसोच तिम्रा बाउले मार्छन् …!”

०००
हाल युके

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सिको

सिको

दिप मंग्राती
घण्टा

घण्टा

दिप मंग्राती
अकर्मण्यता

अकर्मण्यता

दिप मंग्राती
चस्मा

चस्मा

दिप मंग्राती
धमिरा

धमिरा

दिप मंग्राती
नेताजी

नेताजी

दिप मंग्राती
0
Would love your thoughts, please comment.x
()
x