बालबालिकालाई मोबाइलको लतबाट जोगाऔ

हास्यव्यङ्ग्य टुक्का कविता- २

घरमा जेठी राखेर बाहिर कान्छी राख्छु, राजनीति गर्ने मान्छे म, सबथोक चाख्छु । घरको दुःख हटाउन लोग्ने गयो कमाउन खाडीमा, लोग्नेले कमाइ खर्च गर्दै श्रीमती अर्कैसँग गाडीमा ।

Nepal Telecom ad

राजेशराज गड्तौला :

१.
आफन्त जति काखी च्याप्छु, म हूँ नेता देशको,
बेकार किन मतलब गर्नु भाषा भेषको ?

२.
आकाशैमा तारा टल्के, यो रात परेको बेला,
म चाहिँ हिडेँ पोथी खोज्न तल्ला गाउँको मेला ।

३.
लुटेँ, खोसेँ, भण्डार भरेँ, तिमीलाई के को चासो,
देशको एउटा नेता हुँ म, कसले थाप्ने पासो ?

४.
घरमा जेठी राखेर बाहिर कान्छी राख्छु,
राजनीति गर्ने मान्छे म, सबथोक चाख्छु ।

५.
घरको दुःख हटाउन लोग्ने गयो कमाउन खाडीमा,
लोग्नेले कमाइ खर्च गर्दै श्रीमती अर्कैसँग गाडीमा ।

०००
काँडाघारी, काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
श्वान सभा

श्वान सभा

घनश्याम रेग्मी
यो काठ माडौं

यो काठ माडौं

रमेश खकुरेल
बेइमान जाडो !

बेइमान जाडो !

गायत्री परिरोशनी
सत्ता

सत्ता

दिनेश अधिकारी
म खै के सुनाऊँ नयाँ हालचाल

म खै के सुनाऊँ...

केशवराज आमोदी