साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जो निगाह !

त्यसपछि भोकले सिल्पट बनेको गधाले जे भए पनि स्वास्थ्यमा आराम महसुस गर्न थाल्यो । कान विस्तारै हल्लायो । भोकको चापले बढेको रक्तचाप घटेपछि उभिएर भन्यो । - “जो निगाह !”

Nepal Telecom ad

जाडोको मौसम थियो । धर्मभीरूहरूको धर्मयात्रामा भरिया बनेको थियो । धार्मिक यात्रामा आएको गधाले भोक सहन सकेन । उसले खानेकुरा खोज्न थाल्यो, पाएन । त्यसपछि गधा मालिकको पुजापाठ कुर्न चौरमा आफ्ना चारै खुट्टाहरू आकासतिर फर्काएर बसिरह्यो । चौरमा गधाको माथितिर खुट्टा फर्किएको देखेर कसैले भन्यो ।-
– “उल्लुका पठ्ठा ! टेक्नुपर्ने खुट्टा माथितिर फर्काएर धर्मात्मा मानिसहरूलाई गधाको खुर देखाएर अलच्छिना बनाउने ?”
भोको गधा मरिमरी हास्न थाल्यो । उसले त्यो धर्मात्मालाई मुन्टो फर्काएर भन्यो ।
– “हजुर कुन नेताको मालिक हो ?”

धर्मात्मा मान्छे अलमल्ल पर्‍यो । उसलाई यो गधा कुनै नेता हो जस्तो लाग्यो । किनभने भारी बोक्ने गधा त खुट्टा तल र जिउ माथि राखेर उभिन्थ्यो । तर उसको चाला ठीक उल्टो देखेर गधालाई सोध्यो ।-
– “के तिमी पनि नेता हौ र ?”

गधाले ङिच्च दाँत देखायो । नाकबाट फुनी उठायो । मुखबाट हुँकार छोड्यो । पेटबाट भोकले चलेको आन्दोलनको बतास हम्कियो । पुच्छर तन्काएर भन्यो ।-
– “म सङ्कटमा छु, मोचन गरिदिनोस् !”

धर्मात्माले अछेता र धुप हातमा लिए । गधाको टाउकोदेखि खुट्टासम्म लागुभागु र सिमेभुमे सबै जाने गरि पुछपाछ गरे । अन्त्यमा कानमा खुसुक्क भने ।-
– “पति हुनचाहिँ नछोड्नु है !”

पति शब्द सुन्नासाथ हिन्हिनाएर करायो । शब्दको भेउ नपाएर उसले आँखा तरेर बिस्तारै भन्यो-
– “छिटो भन्नू न के ! राष्ट्रपति कि सभापति ?”

त्यसपछि भोकले सिल्पट बनेको गधाले जे भए पनि स्वास्थ्यमा आराम महसुस गर्न थाल्यो । कान विस्तारै हल्लायो । भोकको चापले बढेको रक्तचाप घटेपछि उभिएर भन्यो ।
– “जो निगाह !”

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
माननीय सांसद

माननीय सांसद

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
अर्थ न बर्थ

अर्थ न बर्थ

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
‘बाजी’

‘बाजी’

डा. विदुर चालिसे
चारैतिर हमला

चारैतिर हमला

डा. विदुर चालिसे
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x