साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारले अघाउँछन्

आकाश ओढेर धरती बिछ्याएर जीवन धान्नेहरू के उष्ण के शिशिर सबै कष्ट सहज पचाउँछन् ।

Nepal Telecom ad

कोही आउँछन् मुस्कुराउछन् गुलाब थमाउँछन्
घरमा एउटी साथमा अर्कै मनमा छुट्टै बसाउँछन्

खै कसरी बयान गरौं यो नक्कली प्रेमको र..
समय नै बैमानी छ सोझा माथि दोष लगाउँछन्

काँडा बीच हाँस्नु पर्छ, संकटकालमा बाँच्नुपर्छ
भन्ने नारा लगाई फेरि भष्ट्राचारले अघाउँछन्

मन्दिर भित्र मूर्ति छ तर भगवान बहिरा भए
भक्तहरू लज्जित हुँदै फूल चढ़ाउनै लजाउँछन्

आकाश ओढेर धरती बिछ्याएर जीवन धान्नेहरू
के उष्ण के शिशिर सबै कष्ट सहज पचाउँछन् ।

०००
सानोठिमी, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हुँदैन कल्याण जरा नफाली

हुँदैन कल्याण जरा नफाली

पुरूषाेत्तम सिग्देल
उद्दण्डलाई कसले लुकायो ?

उद्दण्डलाई कसले लुकायो ?

घनश्याम न्यौपाने ‘परिश्रमी’
झुन्ड लागे कता मुख्य उत्तानु भाे

झुन्ड लागे कता मुख्य...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x