सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

सांसद

बनेर मूर्ति शानले रमेर बस्दछन् जहाँ दिमाग लाउने कुनै हुँदैन खेल नै त्यहाँ अह्रोटमा बसेर झन् चुचो मिलाउँछन् हद निमेकबाट टाढिदै गए समस्त सांसद ।

Nepal Telecom ad

खिएर ज्ञान खोपडी गिरेर जान्छ औसत
घुसेर पुग्छ जो सभा पिएर बस्छ हो मद
हरेक काम देशको खिलाप हुन्छ हो हद
निमेकबाट टाढिदै गए समस्त सांसद ।।१

अनेक इन्द्रजाल नै चुनावमा फिजाउँछन्
पुजेर उच्च दूत पो विदेशका रिझाउँछन्
खुनी र भ्रष्ट बापती बनाउँछन् नि पार्षद
निमेकबाट टाढिदै गए समस्त सांसद ।।२

पसेर साधु सुस्तरी बनेर जान्छ शोषक
हुँदैन काम देशको दरार हुन्छ व्यापक
हुलेर देश दाउमा अनेक पार्दछन् खत
निमेकबाट टाढिदै गए समस्त सांसद ।।३

जहान इष्टमित्र झन् बने समानुपातिक
बसे थपेर मानमा अनेक स्वार्थ माफिक
बगेर मात्र खेर गो असंख्य अर्थको नद
निमेकबाट टाढिदै गए समस्त सांसद ।।४

लुटिन्छ रे लुटाउँदै सकिन्छ स्रोत साधन
जहान बन्धुवर्ग औ दलाल नै चुनीकन
समाज देश डस्न नै सदा छ सर्वसम्मत
निमेकबाट टाढिदै गए समस्त सांसद ।।५

बनेर मूर्ति शानले रमेर बस्दछन् जहाँ
दिमाग लाउने कुनै हुँदैन खेल नै त्यहाँ
अह्रोटमा बसेर झन् चुचो मिलाउँछन् हद
निमेकबाट टाढिदै गए समस्त सांसद ।।६

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आमा पुजेर बस्ने

आमा पुजेर बस्ने

रामशरण न्याैपाने
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
विना श्रीपेचका राजा

विना श्रीपेचका राजा

रामशरण न्याैपाने
आँसु झार्ने नपार

आँसु झार्ने नपार

रामशरण न्याैपाने
पिता माता पाल्ने

पिता माता पाल्ने

रामशरण न्याैपाने
विभीषिका र बाध्यता

विभीषिका र बाध्यता

रामशरण न्याैपाने
दुःसमय

दुःसमय

विमल निभा
मलाई कवि जस्तै हुन मजा लाग्छ

मलाई कवि जस्तै हुन...

खगेन्द्र नेउपाने
फेरि बधाईं

फेरि बधाईं

हेम अधिकारी
नेताज्यूको क्रान्ति र मुड्के सलाम

नेताज्यूको क्रान्ति र मुड्के...

सुभाषचन्द्र देवकाेटा
नयाँ क्यालेन्डर

नयाँ क्यालेन्डर

भरत गुरागाइँ बर्बरिक
विश्व खवर

विश्व खवर

विष्णुहरि पाैडेल