साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सांसद

बनेर मूर्ति शानले रमेर बस्दछन् जहाँ दिमाग लाउने कुनै हुँदैन खेल नै त्यहाँ अह्रोटमा बसेर झन् चुचो मिलाउँछन् हद निमेकबाट टाढिदै गए समस्त सांसद ।

Nepal Telecom ad

खिएर ज्ञान खोपडी गिरेर जान्छ औसत
घुसेर पुग्छ जो सभा पिएर बस्छ हो मद
हरेक काम देशको खिलाप हुन्छ हो हद
निमेकबाट टाढिदै गए समस्त सांसद ।।१

अनेक इन्द्रजाल नै चुनावमा फिजाउँछन्
पुजेर उच्च दूत पो विदेशका रिझाउँछन्
खुनी र भ्रष्ट बापती बनाउँछन् नि पार्षद
निमेकबाट टाढिदै गए समस्त सांसद ।।२

पसेर साधु सुस्तरी बनेर जान्छ शोषक
हुँदैन काम देशको दरार हुन्छ व्यापक
हुलेर देश दाउमा अनेक पार्दछन् खत
निमेकबाट टाढिदै गए समस्त सांसद ।।३

जहान इष्टमित्र झन् बने समानुपातिक
बसे थपेर मानमा अनेक स्वार्थ माफिक
बगेर मात्र खेर गो असंख्य अर्थको नद
निमेकबाट टाढिदै गए समस्त सांसद ।।४

लुटिन्छ रे लुटाउँदै सकिन्छ स्रोत साधन
जहान बन्धुवर्ग औ दलाल नै चुनीकन
समाज देश डस्न नै सदा छ सर्वसम्मत
निमेकबाट टाढिदै गए समस्त सांसद ।।५

बनेर मूर्ति शानले रमेर बस्दछन् जहाँ
दिमाग लाउने कुनै हुँदैन खेल नै त्यहाँ
अह्रोटमा बसेर झन् चुचो मिलाउँछन् हद
निमेकबाट टाढिदै गए समस्त सांसद ।।६

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
कालेको ‘बा’

कालेको ‘बा’

रणबहादुर बुढाथोकी ‘भैया’
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
0
Would love your thoughts, please comment.x
()
x