सुलसुलेमुक्तक दिवसमा यादव खरेल र रुद्र ज्ञवाली पुरस्कृत
कार्यक्रममा नगद ५१ हजार राशीको ‘भीमदर्शन मुक्तक पुरस्कार’ वरिष्ठ मुक्तककार यादव खरेललाई र नगद ३१ हजार राशीको ‘कृष्ण-रत्न- चेतन मुक्तक पुरस्कार’ मुक्तककार रुद्र ज्ञवाली (रुपन्देही)लाई प्रदान गरिएको छ ।

काठमाडौं, २०७९ माघ १८ । नेपाल मुक्तक प्रतिष्ठानले दशौं वार्षिकोत्सव र मुक्तक दिवस सभ्य र भव्यरुपमा सम्पन्न गरेको छ ।
कार्यक्रममा नगद ५१ हजार राशीको ‘भीमदर्शन मुक्तक पुरस्कार’ वरिष्ठ मुक्तककार यादव खरेललाई र नगद ३१ हजार राशीको ‘कृष्ण-रत्न- चेतन मुक्तक पुरस्कार’ मुक्तककार रुद्र ज्ञवाली (रुपन्देही)लाई प्रदान गरिएको छ । दुबै पुरस्कारहरू कार्यक्रमका प्रमुख अतिथि पूर्व कुलपति वैरागी काँइलाले गर्नु भएको हो ।
दुबै पुरस्कारका सस्थापक तथा नेपाल मुक्तक प्रतिष्ठानका अध्यक्ष रामकाजी कोनेको सभापतित्वमा सञ्चालित सो कार्यक्रममा सस्थाले प्रकाशित गरेको “स्मारिका” पनि लोकार्पण गरिएको थियो ।
यसैगरी मुक्तकमा समर्पित चार संस्था घुम्ती मुक्तक नेपाल (काठमाडौं), हातेमालो साहित्य (काठमाडौं), मुक्तक मन्डप (भैरहवा) र मुक्तक मञ्च (पोखरा)लाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतमले मुक्तक रचना विधान र पुरस्कृत व्यक्तित्वहरूको बारेमा आफ्ना भनाई राख्नु भएको थियो । यसैगरी कार्यक्रममा प्रमुख अतिथि बैरागी काँइला, अध्यक्ष रामकाजी कोने, पुरस्कृतहरू यादव खरेल र रुद्र ज्ञवालीले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
यसैगरी मुक्तककारहरू निर्मलरमण पराजुली (अध्यक्ष- घुम्ती मुक्तक नेपाल), रामजीप्रसाद आचार्य (अध्यक्ष- मुक्तक मन्च केन्द्र, पोखरा), विष्णु विवश पोखरेल (अध्यक्ष- मुक्तक मण्डप, रुपन्देही) र सुनिल अधिकारी (अध्यक्ष- हातेमालो साहित्य सङ्गम)ले पनि आआफ्नो मन्तव्य राख्नु भएको थियो ।
नेपाल प्रज्ञा प्रतिष्ठानको लेखनाथ कक्षमा आयोजित कार्यक्रममा संस्थाका उपाध्यक्ष वियोगी बुढाथोकीले अतिथिहरूलाई खादा लगाएर सम्मान गर्नु भएको थियो भने सस्थाका सदस्य राधेश्याम लेकालीले स्वागत मन्तव्य तथा संस्थाकी सल्लाहकार उषा शेरचनले धन्यवाद ज्ञापन गर्नु भएको थियो । कार्यक्रमको संचालन महासचिव यादव भट्टराईले गर्नु भएको थियो ।
०००
Subscribe
Login
0 Comments
Oldest











































