साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाबुआमा (काव्यांश- ५५)

ढर्रा लालसका नपोख छलले सङ्लो बनाऊ मति । सच्चा मार्ग हिँडे त मिल्दछ खुसी बढ्नेछ आफ्नै गति।। हाँसो हर्ष अनन्त आउँछ घरै सत्कर्म उम्दा गने। पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।

Nepal Telecom ad

दीनानाथ पोख्रेल :

धर्तीबोझ नसम्झ ज्येष्ठ जनले उम्दा कलासागर ।
मात्रै सिक्न सके सधैँ हित हुने जानी टिपूँ जाँगर ।।
मिल्छन् हर्ष र सौख्य नित्य भवमा खट्दै सुबाटो खने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।६६।।

जम्मै सत्य असत्य पार्दछ हियो सङ्लो बिरानो हुँदा ।
पक्रूँ काल छँदै सुकर्म हितको के मिल्छ सम्झी रुँदा ?
लाग्ने छैन अवश्य माण मुखमा सत्कर्म त्याग्यो भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।६७।।

उठ्छन् छाल विशाल कर्म म गरूँ छन् भावना उर्वर ।
उम्दा कृत्य कला चुनी लहरमा बढ्दो छ आशा दर ।।
मिल्छन् प्राप्ति निका अवश्य पथमा थोरै सघायौ भने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।६८।।

थोरै जाल थमाउँदै गृह दियो छान्दै पठायौ पर ।
रुन्छन् खेत थला परेर अहिले रित्तो बनायौ घर ।।
हाम्रा सान युवा नियाल्छ परले जो दासजस्तै गने ।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।६९।।

ढर्रा लालसका नपोख छलले सङ्लो बनाऊ मति ।
सच्चा मार्ग हिँडे त मिल्दछ खुसी बढ्नेछ आफ्नै गति।।
हाँसो हर्ष अनन्त आउँछ घरै सत्कर्म उम्दा गने।
पाका ईश्वर रम्दछन् अवनिमा मान्छे विवेकी बने ।।७०।।

०००
सुम्बेक, इलाम नगरपालिका वडा नं.- ०२ , इलाम

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

कमला पन्थी अधिकारी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

दीनानाथ पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x