साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाथे जिन्दगी

घरबार बिहिन, थातथलो नभएका, गाँसबास नपाएका हतभागी देखिस् ? कत्रा आँखा अचम्म ! दिख्ने पनि देखिस् कि नदेख्ने देखिस् के के न गरेँ भन्छस् खालै सारिछस् नाथे जिन्दगी !

Nepal Telecom ad

हेम अधिकारी :

खुबै घमण्ड गर्थिस्
के के न गर्छु भन्थिस्
यो त्य‍ो, यता त्यता, उता, कता कता
के के न लछारेँ भन्थिस्
नापिछस्
एउटा घर नामको क्वान्द्रोभित्र
कुकुल्ढुक
नाथे जिन्दगी !

कत्रा गफ ! कत्रा कुरा ! ह्याँ र त्याँ
सोह्र अठार घण्टा खटेको ध्वाँस पिट्थिस्
यति कमाएँ, उति कमाएँ
यत्रो पद, उत्रो पद
कति कति प्रतिष्ठा
सम्मान, पगरी र पुरस्कारका हण्डा
अनेक जितका नानाथरीका फण्डा
खालै सारिछस्
एउटा कृत्रिम क‍ोठरीको भरोसामा
कैदी, लुखुरे,
इस्
नाथे जिन्दगी !

शिक्षाको रवाफ
हसुरेको कवाफका गफ
संसार जित्ने मात लागेका हाँक
लुरुक्क भर पर्ने त आखिर
त्यही रहेछ छाक ।
गाई, भैंसी, पानी, पँधेरोभन्दा
घरगोठ, लेकबेँसी, हलो कोदालोभन्दा
उच्चता प्राप्तिको फुईँ
यी सबै देखियो आज ताईँ न तुईँ
डङ्ग्रङ्ग, थामिईस् भुईँ
लछारिस्
नाथे जिन्दगी !

ए जिन्दगी !
संसार हल्लाउँदै थर्काउँदै
यो मात्रै ह‍ोइन
अर्को धरती पनि जित्ने ख्वाब
खै
दिन गन्न बाध्य
त्यत्रो अहंकार खोइ आज ?
त्रासको ओडारभित्र बसेर
जीवनको भिखारी
त्यो पनि
रुन्चेपिन्चे स्वरमा
थुईक्क
नाथे जिन्दगी !
बडा बडा घर, बाटा, सडक चोक
के के देखिस् देखिस्
तर
तर के ती पानी चुहिने, खोरोपहिरोबाट आत्तिरहेका
झुपडी देखिस् !
धनीमानी, ठूलाबडा कस्ताकस्ता देखिस् देखिस्
तर
घरबार बिहिन, थातथलो नभएका, गाँसबास नपाएका
हतभागी देखिस् ?
कत्रा आँखा अचम्म !
दिख्ने पनि देखिस् कि नदेख्ने देखिस्
के के न गरेँ भन्छस्
खालै सारिछस्
नाथे जिन्दगी !

०००
दमक, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x