साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तमासा

अब फेरि चुनाव नजिकै आएको छ। उसले हजुरलाई ढोग गरेको होइन यो त मिसन चौरासीको पो हो त ।"- नमराजले नेताको बारेमा जानकारी गराउँदै भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“ओहो ! ढुङ्गा खोज्दा देवाता पो भेटाँए ।” -नेता छबिले धनपतिको खुट्टामा ढोग गर्न खोज्दै भन्यो। धनपति झसङ्ग हुँदै आफ्नो खुट्टा हटायो।

उसले सोच्यो छबीले मलाई चिनेन। चिनेको भए किन ढोग गर्थ्यो। ऊ बाट मनमा कुरा पचिन र सोध्यो।
“हजुरले मलाई चिन्नु भएन जस्तो लाग्यो। गहिरा गाउँको धनपति विस्वक्रमा हु।”-धनपतिले दुवैई हात जोडेर नमस्कार गर्दै भने।
“होइन होइन मैले चिनेको छु हजुरलाई चीनेर ढोग गरेको हो।”-नेता छबिले खिसिक्क हास्यो र भन्यो।

“कति गतिलो मानिस रहिछ बुढा बुढीको खुट्टामा ढोग गर्ने आदर्शवादी नेता महिले यो उमेरसम्म देखेको थिएन्।” उसले मनमनै भन्यो।
एकछिन पछि उनिहरू विदा भएर फेराको घर तिर लागे।त्यो मानिसलाई धनपतिले आफ्नो आगनमा उभिएर पर जाँदा सम्म हेरिरहे।
“के हेरिरहनु भयो बाबा ? नमराज घरभित्रबाट बाहिर आएर सोध्यो।”

“के हेर्नुथियो ? तल फेरा घरमा विवाह गरेका छन् नि नेता छवि उनी आफ्नो दुलहीलाई लिएर ससुरालमा जाँदै थिए यही बाटाबाट।मलाई देखे उनि घोप्टे परेर मेरो खुटामा ढोग्न थाले। मैलै आफ्ना खुट्टा पछि सर्काए।
म किन पो त्यो पाप लिन्थे।मैले त राम्रै गरि चिनेको थिए।

दुलही त बाटोमै उभिएकी थिई तर छवि भने यहीँ आएर हालचाल सोधे। मैले हजुरले मलाई चिन्नु भएन कि भनेर सोंधे तर चिनेका रहेछन्। यस्तै नेताले जिताउनु पर्छ हाम्रो देशमा।” -धनपतिले छविको प्रसंसा गर्दै भने।

“बाबा हजुर पनि, छविको भाउँतोमा आउनुभयो त्यो त नाटकबाज हो सक्या जति । तामासा गर्छ।
अब फेरि चुनाव नजिकै आएको छ। उसले हजुरलाई ढोग गरेको होइन यो त मिसन चौरासीको पो हो त ।”- नमराजले नेताको बारेमा जानकारी गराउँदै भन्यो।

०००
दाङ घोराही- १८
०४-०५-२०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
समय

समय

सुरेशकुमार पाण्डे
नक्कल

नक्कल

सुरेशकुमार पाण्डे
आश्वासन

आश्वासन

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
अपेक्षा

अपेक्षा

सुशीला शर्मा
कामरेडमा नाउँ दरिएन

कामरेडमा नाउँ दरिएन

डा. गाेपीन्द्र पाैडेल
वृद्धवृद्धा सबै …

वृद्धवृद्धा सबै …

दीनानाथ पाेखरेल
हाकिमको सत्ता

हाकिमको सत्ता

गायत्री परिरोशनी
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
0
Would love your thoughts, please comment.x
()
x