साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आश्वासन

"हाम्रो मुरारीलाल दाजुले त्यही राजनीति पार्टीमा प्रवेश पाउनु भएको छ।"- भोलाले सुस्तरी कानमा आएर भन्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“नेता हो त एस्तो हो ! “- मुरारीलाल खुसी भयो।

“के भयो र मुरारी सधैँ नेताको आलोचना र गाली गरेर नथाक्ने आज कता पश्चिमबाट घाम उदाए छन् कि ? रामे आश्चार्य हुँदै प्रश्न गर्यो।

“ए भाइ तिमीले मलाई के सम्झेका हँ ? के म सधै विरोध नै गर्छु ? राम्रो गरेपछि त राम्रो गर्यो भनेर भन्न पनि त सक्नु पर्यो नि ?”- मुरारीलालले उल्टै प्रतिप्रश्न ठडायो। उनिहरू दिउसो पख बारीमा मकै खन्दै थिए।

“हो राम्रोलाई राम्रो भन्नुपर्छ। तर मैले त्यसो भनेन यत्तिमात्र सोधेको आज हजुर यतिका खुसी हुने कारण के होला ?”-रामेले भन्यो।

“खुसी त विदेशमा हाम्रो नेताको जो सम्मान भयो त्यस्तो अहिलेसम्म भएको थिएन।विदेशमा देशले यसरी सम्मान पाउनु त हाम्रो भाग्य नै हो।”- मुरारीलालले नेताको प्रशंसा गर्दै भन्यो।

“केही दिन पहिले त हजुरले खुबै गाली गरेको सुनेको थिएँ, आज विदेशमा उनकाे सम्मान भयो भनेर हो हजुरले प्रशंसा गरेको ?”- रामेले मकैको बिचबाट अलिक् बाक्लो मकै छटान गर्दै सोध्यो।

“त्यो पनि हो त्यत्तिमात्र पनि होइन अहिले त डवल खुसी छ। देशले अब अवश्य काँचुली फेर्ने छ। विदेशमा गएर नेताजीले पनि कुरा उठाउनु भएको छ।”- मुरारीलालले भन्यो।

“के कुरा उठाउनु भयो नेताजीले ?”- रामेले बुझ्न खोज्यो।

“छिमेकी मुलुकबाट विकासको मूल फुटाउने बाचा गर्नु भयो नेताजीले ।अनि मुरारिलाल दाजु खुसी हुने कारण त आर्को पनि हो।”- यतिबेर कुरा सुनिरहेका भोलाले प्याच भन्यो। “हो र ? भाइ अनि आर्को के कारण हो तिमीलेनै भनिदेऊ ?”- रामेले भोलातिर हेर्दै बुझ्न खोज्यो।

“हाम्रो मुरारीलाल दाजुले त्यही राजनीति पार्टीमा प्रवेश पाउनु भएको छ।”- भोलाले सुस्तरी कानमा आएर भन्यो।

०००
दाङ घोराही १८
११-०६-२०२६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x