साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तस्बिरको राजा

धुलो र कसिङ्गर खाएर कुनै सामान्य कोठाको अँध्यारो कुनाको भित्तामा त्यो तस्बिरको राजा अहिलेसम्म पनि ठाँटसँग ऐतिहासिक मुद्रामा बाहुला च्यातिएको कोट लगाएर बसेको छ ।

Nepal Telecom ad

कृष्णभक्त श्रेष्ठ :

धुलो र कसिङ्गर खाएर
कुनै सामान्य कोठाको अँध्यारो कुनाको भित्तामा
त्यो तस्बिरको राजा अहिलेसम्म पनि
ठाँटसँग ऐतिहासिक मुद्रामा
बाहुला च्यातिएको कोट लाएर बसेको छ
मलाई आफ्नै नयाँ कोट फुकालेर दिउँजस्तो
कतिकति माया लागेर आयो
तर त्यो तस्बिरको राजाले अहिले
न माग्न जानेको छ, न त हुकुमप्रमाङ्गी बजाउन नै
त्यो चित्र लेख्ने कलाकारले पनि त
कैयौँ बकस खाइटोपलेथ्यो होला
दुःख लाग्छ
दुःख लाग्छ कि च्यात्तिएको त्यो कोटमा आज
दुई टाँका सिइदिने एउटा मान्छेसम्म पनि छैन
अरू भए कति लाज मानिसक्थ्ये होलान्
परन्तु त्यो तस्बिरको राजाको अनुहारमा
विषादको रेखासम्म पनि देखिँदैन
मानो ऊ
मानो ऊ विद्रोह निर्मूल पारिसकेपछि भएको
आफ्नो अकण्टक राज्यको ठुलो उत्सवका बिच
एउटा ऐतिहासिक सैनिक परेडमा
सानदार सलामी लिइरहेछ

मैले पनि पल्याकपुलुक चारैतिर हेरी
कसैले नदेख्ने गरी
एकपल्ट सलाम ठोकें-
अकण्टक राज्यको त्यस अमर राजालाई
जसले देशका लागि
आफ्ना सबै थोक तृणबराबर त्यागेथ्यो रे

तर त्यो उच्च आदर्शवादी राजालाई
च्यातिएको कोटसँग
साँच्चै के खाँचो ?
अमरता केही नहोस् तापनि
हीनताले कहाँ हुन्छ ?
आफ्ना सत्कार्यहरूद्वारा नै
उनी त अमरको पनि अमर भैसके
यस लोकबाट दुई चारहात भित्तामाथि उक्लेर
राष्ट्रिय मुद्रामा
त्यसैले त्यो तस्बिरमा निमग्न छ ।

धुलो र कसिङ्गर खाएर
कुनै सामान्य कोठाको अँध्यारो कुनाको भित्तामा
त्यो तस्बिरको राजा अहिलेसम्म पनि
ठाँटसँग ऐतिहासिक मुद्रामा
बाहुला च्यातिएको कोट लगाएर बसेको छ ।

०००
प्रज्ञा आधुनिक नेपाली कविता (२०७४)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x