साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खम्बा उखेल्नेसित

तानातान छ देश बेच्न यिनमा हुन्नन् यिनी दण्डित के को साइनु लाउँने र घरकै खम्बा उखेल्नेसित ।

Nepal Telecom ad

यो माटोसित प्रेम छैन जसको माटो पुजारी उही
यै माटोसित प्रेम गर्छ जसले बस्छन् सधैँ खुम्चिई
यो कस्तो परिवेशमा रुमलियौँ चल्दैछ कस्तो रित
के को साइनु लाउँने र घरकै खम्बा उखेल्नेसित

बाटो खोज्छ विनास गर्न घरको टेकेर गोडा यहीँ
बाटो रोज्दछ जालको र भ्रमको नाङ्गै भुतुङ्गै बनी
जो जो छन् मतियार यार यिनका सञ्जालमा आश्रित
के को साइनु लाउने र घरकै खम्बा उखेल्नेसित

यौटा वानर झैँ छ छैन गतिलो अर्को अरिङ्गाल झैँ
यौटा गोमन सर्प झैँ छ खतरा अर्को उता स्याल झैँ
जो हेरे पनि ध्वस्त पार्न घरनै देखिन्छ उत्तेजित
के को साइनु लाउने र घरकै खम्बा उखेल्नेसित

खल्ती भित्र छुरा लिएर मुखले संवृध्दिको चाहना
आफ्नैँ देश निशेष पार्न यिनको चल्दैछ वार्ता घना
हामी मुर्ख बनेर फेरि यिनकै विश्वासमा वन्दित
के को साइनु लाउँने र घरकै खम्बा उखेल्नेसित

यौटा भन्दछ देश सुम्पनु पर्यो जिम्मा मलाई दिनू
अर्कोले हक खोज्छ लौ त म बिना बेचेर देखाउनू
तानातान छ देश बेच्न यिनमा हुन्नन् यिनी दण्डित
के को साइनु लाउँने र घरकै खम्बा उखेल्नेसित

यस्ताकै तजवीजमा मुलुक यो जिम्मा दिने हो भने
यस्तैले अझ देश हाँक्दछु भनी जिम्मा लिने हो भने
मान्छे हो भन बाँच्दछौ र कसरी खै ज्यानको निश्चित
मेरो साइनु आजबाट सकियो खम्बा उखेल्नेसित ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
ला

ला

प्रकाश चापागाइँ
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x