साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खान्न पुग्यो अघाएँ

मान्छे भए पुच्छर हुन्न भन्थे पुच्छ्रे सबै जन्तु भनी गनिन्थे गिन्ती गरूँ ? पुच्छर के लजाएँ झन् लाजमा लाज बढ्यो अघाएँ ।

Nepal Telecom ad

अन्याय भो न्याय कहाँ छ भन्दै
यात्रा उकालोतिर बेग हान्दै
हिँड्दै थिएँ आज म लर्खराएँ
झोला बिसाएर बसेँ अघाएँ

ब्वाँसा अरिङ्गाल र स्याल राज
चल्दैछ के बन्नु यहाँ समाज
बढ्दैछ कोलाहल तिर्मिराएँ
देखेर यो चाल पुग्यो अघाएँ

सम्भावनाका जग भत्किए झैँ
बेमौसमी बादल वर्सिए झैँ
डुब्दैछ यो देश म थर्थराएँ
चिन्ता बढ्यो खान्न पुग्यो अघाएँ

मान्छे थिए दास समान पैले
मान्छे बने दास खुलेर ऐले
यी दासकै मित्र बनेँ रमाएँ
आँखा खुले होस खुल्यो अघाएँ

मान्छे भए पुच्छर हुन्न भन्थे
पुच्छ्रे सबै जन्तु भनी गनिन्थे
गिन्ती गरूँ ? पुच्छर के लजाएँ
झन् लाजमा लाज बढ्यो अघाएँ

होला निकै सुन्दर स्वाद भन्दै
उन्मुक्तिको स्वप्निल तान बुन्दै
फुर्केर मीठा सपना सजाएँ
चाखेँ नयाँ स्वाद पुग्यो अघाएँ

खोजूँ नराम्रो लय ताल फेरि ?
रोजूँ कि राम्रो घरमा मझेरी ?
यस्तो न उस्तो अब चेत पाएँ
त्यो खान्न यो खान्न पुग्यो अघाएँ ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
लय ताल फेर्न

लय ताल फेर्न

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
ला

ला

प्रकाश चापागाइँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x