साइबर अपराध सम्बन्धी सचेतना सामग्री

श्री ७५३ सबल उत्तरबाहु तक्मा

र्चाको चर्‍याकचुरुकमा परस्त्री र परपुरुषको चिर च्यातुन्जेल चर्चाकारको चोँच चुँ चुँ को चल्ला स्वरमा चले पनि चर्चाले चौबाटो काटेर आफ्नै चौकीमा प्रवेश गरेपछि चर्चाको चुचुरो चरमचुलीमा पुग्यो

Nepal Telecom ad

एकदिन बिहान चिसो पानीमा हात नचोपलीकन, ह्वास्स गनाएको बासी मुख नखोकलीकन चिप्रा मिच्दै ओठ मिच्दै “एमाका”गुट्बन्धन चिया भट्टीमा टुपुल्किएको थिएँ ! चौलाने पानीमा मोहीलाने दूध हालेर भुकुल्क्याएको खल्याने चियाको चुस्की लाउदै चर्चा चल्दै थियो चियो चर्चोको ! चर्चाको चर्‍याकचुरुकमा परस्त्री र परपुरुषको चिर च्यातुन्जेल चर्चाकारको चोँच चुँ चुँ को चल्ला स्वरमा चले पनि चर्चाले चौबाटो काटेर आफ्नै चौकीमा प्रवेश गरेपछि चर्चाको चुचुरो चरमचुलीमा पुग्यो अनि चिया पसल “एमाका चिया भट्टी”च्यातिएर तीन वटा चोइटामा परिणत भएपछि एक अर्काको चियोचर्चो गर्न निस्किएँ, राताराता नेत्र बनाएर ।

मलाई पनि चियो चर्चो शब्दप्रति प्रेम पलाएर आयो अनि निधो गरेँ शब्दको सातपत्रे केलाएर चियो गर्ने । पानी भन्दा गुलियो चिया घुट्क्याएर एक चौथाइ सयको नोट चढाएर निस्किएँ म चियोचर्चोको श्री गणेश गर्न भनेर ।

लिखाको पछि लाग्नुभन्दा ढाडीको पुच्छर पछ्याउनुमा आफ्नो नाकको पोरा फुल्ने ठानेर हुत्तिए म शितल निवासको शितल छहारीमा बन्दुकेले संगीन तेस्र्यायो, म बबुरो रनभुल्ल परें- त्यहाँ छिर्न त सरकारी बजेटमा डुबुल्की मार्ने कर्मचारी, देउताको भेटी हसुर्ने ब्रम्हचारी, सिंहदरबारका हन्तकालीको निशान छाप हुनुपर्ने नभएमा दरबार भित्रबाट आँखा झिम्क्याएर बोलाउने मायालु हुनुपर्ने रहेछ । मयलको लुँडो, टालेको घुँडो र चाहुरिएको चिउँडो चुस्स पार्दै झुस्स देखिएको म चिन्तेलाइ चिन्ने कोही नहुँदा चौघेरा बा चौरतिर लागेँ अनि चिहाउन थालेँ चर्चित कार्यालयको चिरपरिचित चर्तिकला भत्केको पर्खालको प्वालबाट ।

बर्खे चिसो सकिएर हिउँदे चिसो नआउँदै चिन्डे काजी, भिण्डेपाजी, भँडुवा भाट, कामुक बाबा, क्लियोपेट्रा आमा, शकुनि मामा, ताडका सासू, मेनका साली, नारीको पूर्वदेखि पुरुषको जारसम्म सबैको नामको सिफारिसको चाङमा चडेर चित्रगुप्तहरू तयार गर्दै रहेछन् श्री श्री श्री १००८ सेवा पदक प्रदान गरिने नामावली ।

गाउँको सिहदरबारबाट प्रेषित नाममा फेरबदल भएको भनेर चिया भट्टीमा नै चर्को चर्चा चलेकोले चक्कुप्रसादको ठाउँमा खुकुरी बहादुर, लेखनदासको ठाउँमा नक्कल दास, सेवालालको ठाउँमा ढेवालालको नाम आएको पक्कै थियो ! जे होस् ६ पटक कम्पार्ट दिएर प्रवेशिका पासको प्रमाणपत्र बोकेका माविका हेडसरले जागीरे जीवनभरी कुनै नियमित कक्षा पढाउने जिम्मेवारी बिना नै पेन्सन सहितको अवकास पाएर ३ वटा अलग अलग देशका नागरिक बनेका श्रीमती भेट्न विदेश भ्रमणमा दौडिने फाइँफुट्टे शिक्षक कमिटीका सदस्यको नाम भने सबैतर्फका समाजसुधारकद्वारा स्वीकार गरिएकोमा सिंहदरबार बलेसीमै आएको भान भयो ।

हुन त सुखानीको पावनता, दोरम्बाको बलिदान, टिम्बुरबोटेको समर्पणमा टेकु पचली र सिफलको आहुतिलाइ पूर्व पश्चिम र मध्य भागबाट भुँडी उछिट्याएर विशाल गङ्गालाई सुलुत्तै निलेर खिरी र भिवण्डीमा पुर्‍याउने बाहरूका झड्केला पुत्रहरूद्वारा दर्पिठ गरिएका नाम छानिदै थिए त्यहाँ, भागबन्डाको तक्मा जोखिदै थियो ज्यासलमा कमिसन माग्दै थिए सिफारिस गर्नेहरू पदवी पाउने व्यतित्वहरूसित, नेपथ्यको गाइँगुइँ छोडेर मैले दौडाएँ मेरा पिर्लिक्के आँखा बेलेपात्रोमा कुँदिएका नामावलीतर्फ !

झुलुक्क नजरमा आएका पदक पाउनेहरूमा चोभारमा चमेलीको चोली च्यात्ने चमनलालदेखि चुरेको चुरोमा चुच्चो धसेर सकाउने गोबनलाल अनि सिलो खोजेको टुक्का छापेर ब्रह्माण्ड कवि बनेका विनायककविदेखि आफ्नै खादाले ढाकिएका सम्मानित विद्वान्सम्म हेर्दैगर्दा तौल कम गरेर भाउ नबढाउने व्यापारी र हप्ता उठाउने दादाको नामको हुलमुलमा सर्वस्विकार्य हस्तीहरूको नाम चुस्स चुस्स टाँसिएको देखेर चियोचर्चो गर्न तात्तिएको आँखा नेत्रजलले चिसो भएछन् अनि नाकबाट पग्लिएको नासिका द्रव्यसँगै टालेको घुँडामा तुप्किएपछि म झल्याँस्स भएछु माथि हाँगामा मच्चिदै गरेका बाँदरले झारेको बरको गेडा निधारमा लागेर ! गाई बाख्रा चरिरहेका थिए तर मेरा आँखा साँच्चिकै चिसा थिए सपनाको चियोचर्चोको दृश्यले ! बिखण्डित “एमाका“ चिया भट्टीको चियोचर्चो गर्ने रहर जागेर आएको छ ।

०००
नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
धर्म

धर्म

मनाेहर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x