साइबर अपराध सम्बन्धी सचेतना सामग्री

संविधान

डाँका चोर दलालका कहरले, भत्क्यो सबै सम्मति । सत्ता शासनमा सधैँ छ झगडा, होला र के उन्नति । जाली भ्रष्टहरू हटाउन सके, मिल्ला खुसी आखिर । हाम्रा कानुन संविधान विधिले, फालेन भस्मासुर ।

Nepal Telecom ad

सारा नीति विधान कानुन बने, बाठा बने मानिस ।
निर्धाका अधिकार माग सिपको, व्यर्थै भयो कोसिस ।।
नारा भाषणले र मात्र गफले, बन्दैन हाम्रो घर ।
हाम्रा कानुन संविधान विधिले, फालेन भस्मासुर ।।
१
अग्ला श्वेत हिमालले जमिनमा, आभा दिए भर्खर।
गैह्रा सागर शान्त छन् अवनिमा, छर्छन् प्रभा भास्कर ।।
मान्छेका इतिहासका नियमका, ठेली बने सुन्दर ।
हाम्रा कानुन संविधान विधिले, फालेन भस्मासुर ।।
२
हाम्रा पूर्वजका उनै सहिदका, उम्दा थियोे गर्जन ।
हामी सन्ततिका सबै गरिबका, बढ्दै गयो रोदन ।।
जाग्यो सङ्कटकाल यो मुलुकमा, जागेन को भन्छ र ।
हाम्रा कानुन संविधान विधिले, फालेन भस्मासुर ।।
३
धेरै चोटि भए उदात्त पनका, सङ्घर्ष आन्दोलन ।
हाम्रा सोच विचार शासन कला, गिर्दै गयो जीवन ।।
सारा नैतिक शास्त्र चिन्मय छटा,मान्ने यहाँ को छ र ।
हाम्रा कानुन संविधान विधिले, फालेन भस्मासुर ।।
४
डाँका चोर दलालका कहरले, भत्क्यो सबै सम्मति ।
सत्ता शासनमा सधैँ छ झगडा, होला र के उन्नति ।।
जाली भ्रष्टहरू हटाउन सके, मिल्ला खुसी आखिर ।
हाम्रा कानुन संविधान विधिले, फालेन भस्मासुर ।।
५

०००
बट्टार, नुवाकोट
बालाजु, काठमाडौं
मोबाइल नं. ९८४१७५८१८४

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पशुको पुकार

पशुको पुकार

उत्तम विचार
जीवनको रचना

जीवनको रचना

डा. अमर गिरी
मतिका बुटुना

मतिका बुटुना

ओम आचार्य
चोरमाथि चण्डाल

चोरमाथि चण्डाल

सुभाषचन्द्र देवकाेटा
0
Would love your thoughts, please comment.x
()
x