साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लय ताल फेर्न

जो बाँसुरीको धुन मेट्न खोज्छ ट्याम्को र ढ्याङ्ग्रोसित भेट्न खोज्छ यो देशका ती गलगाँड चिन्दै यात्रा नयाँ गर्नुछ एक बन्दै ।

Nepal Telecom ad

खै बाँसुरीको धुन खै हरायो
गाई कहाँ सुन्नु गधा करायो
सम्मोहनी कोकिल कण्ठ छैन
ट्याम्को बजेको छ सितार हैन

छैनन् उज्याला अनुहार हार
खोक्रो भयो कान्ति उड्यो मुहार
डुङ्गा छ खै नाविक देखिएन
खोजेर हिँड्दा पनि भेटिएन

बन्ने भए भाषणबाट देश
बन्ने थियो सुन्दर राष्ट्र एक
ढाँटेर झुक्याउनुमा छ गर्व
त्यो गर्वनै बन्छ विशेष पर्व

उल्टा परे अक्षर चिन्न गाह्रो
सुल्टिन्न उल्टो अनि विन्न गाह्रो
साँचो कुरा बोल्न झनै छ गाह्रो
तेर्सिन्छ सोझै मनमा तगारो

हाँसेर हिँड्ने परिवेश छैन
रोएर के हिँड्नु सुहाउँदैन
तोड्नू छ यो जञ्जिर दासताको
आभा छरूँ स्वच्छ सफा उषाको

जो बाँसुरीको धुन मेट्न खोज्छ
ट्याम्को र ढ्याङ्ग्रोसित भेट्न खोज्छ
यो देशका ती गलगाँड चिन्दै
यात्रा नयाँ गर्नुछ एक बन्दै

आऊ सबै एक बनेर आऊ
नौलो नयाँ जोश भिरेर आऊ
यो देशको सुन्दर रूप हेर्न
थुप्रै छ बाँकी लय ताल फेर्न ।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
भेडीगोठ

भेडीगोठ

प्रकाश चापागाइँ
खान्न पुग्यो अघाएँ

खान्न पुग्यो अघाएँ

प्रकाश चापागाइँ
खम्बा उखेल्नेसित

खम्बा उखेल्नेसित

प्रकाश चापागाइँ
पैसा

पैसा

प्रकाश चापागाइँ
ला

ला

प्रकाश चापागाइँ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x