साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गधा धोएर गाई ?

नयाँ जोगीले खरानी धेर लाउँछ खोलो धाउदैन तिर्खा धाउँछ । जुन जोगी आए नि कानै चिरेका घण्टी बाध्न मुसा हिँडेका

Nepal Telecom ad

गधा धोएर गाई हुँदैन
बोका नारेर दाइँ हुँदैन ।
जति धेरै मान्छे उति धेरै कुरा
मुखमा रामराम बगलीमा छुरा ।।

नयाँ जोगीले खरानी धेर लाउँछ
खोलो धाउदैन तिर्खा धाउँछ ।
जुन जोगी आए नि कानै चिरेका
घण्टी बाँध्न मुसा हिँडेका ।।

आफ नमरी स्वर्ग देख्तैन
खाने मुखलाई जुँगाले छेक्तैन ।
पापको भारी पुण्यको खुड्का
नमच्चिने पिङको सय झट्का ।।

काशी जानू कुतीको बाटो
एक बल्ड्याङ लाटो दश बल्ड्याङ बाठो ।
हुने बेलामा गोरु ब्याउँछ
बाघको छालामा स्यालको रजाइँ छ ।

बाटो छोडी लाग्यो गल्छेडो
नाच्न नजान्ने आँगन टेढो ।
घर पोले खरानी दुख हुँदैन
झिङ्गाको सरापले डिगो मर्दैन ।।

धन देखेसी महादेवका तीन नेत्र
जोगीका घरमा सन्यासी मित्र ।
जात फाल्नु गहतको झोलमा
मणि बेच्नु कौडीको मोलमा ।।

खोलो तर्यो लौरो बिर्सियो
आफै पाद्यो आफै तर्सियो ।
मोही माग्ने ढुङ्ग्रो लुकाउने
राती राती उठी कनिका बुकाउने ।।

हस्तिनापुरको राज कि चपरी मुनिको बास
जुवा तासले सत्यनाश ।
चोर डाँकालाई अर्थको बही
देख्नेका आँखा फुटे सुन्नेको सही ।।

ईन्द्रको अगाडि स्वर्गको बयान
तरबारमा खिया कर्दलाई मयान ।
चोरलाई चौतारो साधुलाई सुली,
नाक कान बुच्चै नाईटोमा फुली ।।

सुरबीर सबै सुरापान,
के गरुँ धेरै उखानको बखान ।

गुप्तनगरको, लुप्त गाउँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भेडाकैरन

भेडाकैरन

होम सुवेदी
मिशिगन*को नृत्य

मिशिगन*को नृत्य

डा. दामाेदर पुडासैनी किशाेर
कालो भयो उर्वरा

कालो भयो उर्वरा

माधव पोखरेल गोज्याङ्ग्रे
सल्लाह दिने सयौँ यहाँ, साथ दिने कोही छैन

सल्लाह दिने सयौँ यहाँ,...

लक्ष्मण नेवटिया
भर्चुअल बाढी

भर्चुअल बाढी

नन्दलाल आचार्य
सिंहदरबारको ढोका

सिंहदरबारको ढोका

लक्ष्मी रिजाल
0
Would love your thoughts, please comment.x
()
x