साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बन्चरो 

Nepal Telecom ad

धेरै बर्षअघि  height=
मैले आफ्नो हृदयको आँगनमा 
एउटा “रुख “रोपेको थिएँ  {{read_more}}
सोचें 
यसले शीतल छायाँ दिने छ 
मलाई 
चाहिएको बेलामा 
माया दिनेछ 
यही भएर मैले जाँगर लगाएर 
यसको फेदमा मलजल गरें 
यसको वरिपरि
कुनै गन्धेझार उम्रिन नदिएको साँचो हो 
समय बित्दै गयो 
रुख पनि हुर्किदै गयो 
मेरो मन फुर्किदै गयो 
मेरै आमाको जय गाउने यसको “नीलो “संस्कार 
“रातो “खुर्सानीभन्दा ठीक लागे 
तर 
खुर्सानी भनेको “लालगढको “फल त 
अर्कै पो रहेछ 
पीरो भनेको त गुलियो लाग्यो 
उग्र भनेको त नरम लाग्यो 
बरू 
त्यही रुखको हाँगो 
पटक पटक मेरो यात्रामा तगारो बन्न थाल्यो 
मैले लिने “अक्सिजन “पनि खोस्न थाल्यो 
एक पटक सहें 
दुई पटक सहें 
पटक पटक उही 
उसको संस्कार 
नानीदेखि लागेको बानी 
“अन्तर्घात “
मेरो थालमा मात्र 
पस्किन थाले पछि 
मेरो मन गगनमा उदाउने “चारतारा “
रुपान्तरण भएर 
कुन्ती कुमारीको 
प्रथम प्रेमिका पो हुन थाले 
राधेयका जन्मदाता 
अर्थात्
स्वयम् 
“नारायण “आएर 
अनुरोध गरे 
“दाइ,उज्यालोमा आउनुहोस्“
धोका
घात 
उपेक्षा 
तगारो 
तनाव 
मात्र 
मेरालागि 
फल्ने
यो रुखलाई मैले कति माया गर्ने ?
सत्य यो पनि हो 
टाढा जङ्गलका रुखहरू भने 
मेरा लागि वरदान बने 
मलाई मान्छे माने
मेरो अस्तित्व स्वीकारे 
तर मेरै मन आँगनको रुख 
किन यति प्रतिकूल ?
मेरो छोरो बाउ हुँदा
म 
हजुर बाउ हुन पाउने 
मेरो प्राकृतिक हकलाई किन अवरुद्ध गर्छ यो “भेल्दर” किन ?
मैले पीपल र वर भनेर हुर्काएको रुख किन “चिलाउने” बनेको हो ?
किन मभित्र एउटा “बन्चरो” हुर्किदै छ ?
किन ? 
विगत २६ बर्षदेखि म यो प्रश्नको उत्तर खोजिरहेछु 
म अर्को “कर्ण”
मेरा वरिपरि दशबाह्र “शल्य महाराज”
किन ?
के बन्चरो नै मेरो अन्तिम दिव्यास्त्र हो ?

चितवन
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x