साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाउ भन्दा दाइ जेठो !!

अनि शक्तिशालीलाई कतै दाइ भन्छ कतै बा भन्छ । अनि बा भन्ने पार्टीको नेता भन्दा दाइ भन्ने पार्टीको नेता बयोबृद्ध भएपछि बाउ भन्दा दाइ जेठो नभए के हुन्छ त !!

Nepal Telecom ad

बाउ भन्दा दाइ जेठो ! हैन के भन्छ यो बाउँठो भनेर आँखा पर्लक्क, ओठ लेप्र्याक्क र चोर्नी ओँला ठ्याप्प नबनाउनु होला ।

यो गणित हैन अगणीत राजनीति हो । सबै नीतिहरूको राजा ।
अरु मुलुकमा राजनीतिले समाजसेवा, सामाजिक रूपान्तरण गर्छ । तर हाम्रो मुलुकमा समाजसेवीले, राजनीति गर्छ, विकासले राजनीति गर्छ, व्यापारीले व्यापार भन्दा बढी राजनीति गर्छ र राजनीतिले व्यापार गर्छ !

अब कसरी गर्छ । जसरी गर्छ त्यसैगरी गर्छ । राणाले पनि गर्थे, पञ्चायतले पनि गर्‍यो, लोकतान्त्रिक गणतन्त्रले पनि गर्दैछ ।

नेता राजनीति गरेर पैसा कमाउने व्यापारी पैसा कमाएर नेता बन्ने । अनि नीति बनाउने धन कमाउने !!
राजनीति भयो कमाउने गोरख धन्दा, न्युरी मुन्टे न नेपाली अर्थतन्त्र र नेपाली जन्ता ।

पत्रकार टिभीमा चिच्याउँछ, नेतालाई गिज्याँछ, महासंघमा नेता बन्न त्यही नेतालाई रिझाउँछ । नभए पार्टी खोल्छ जनता भिडाउँछ । त्यसैले नेपालको अर्थतन्त्र ओरालो लागे पनि राजनीति र पार्टीहरूको ग्राफ उकालो लागिरहेको छ ।

हैन एकातिरको शीर्षक अर्कोतिरको बकबक भनेर यदि कोही पाठकले हुबहु पढिरहेको भए रिसाउन पनि सक्नुहोला तर आजभोलिका अब्बल पाठकहरू शीर्षक पढेपछि पेटबोली पढ्ने झन्झट गर्दैनन् ! कोही कोहीलाई ट्याम्पास गर्न परेको भए पढ्लान् अनि थाहा पाउलान् चुरो कुरो ।

कुरो के हो भने नि एक जना सत्तरी कटेका एउटाको ठूलो पार्टीको बाले असी टेक्दै गरेका नेतालाई अरुले दाइ भनेको सुनेर औडाह भएर औँलो बङ्ग्याउँदै ए म चाहिँ बा मभन्दा ७ बर्ष जेठो चाहिँ दाइ ? भनेर आवेग, आक्रोश, ओकल्नु भएको सुन्नु भएकै होला ।

राजनीतिमा अरुलाई मात्र बुढो देखिन्छ रे ! बाउन्न बर्षकोलाई बैगुनी केटो रे ! पैसठ्ठी नाघेको पिएचडी धारीलाई एउटो केटो रे !

राजनीति उमेरले, पैसाले गुटले, झुटले, कुटले, लुटले, बुटले चलाउने असभ्यता चलाएपछि विचार बलीको बोको बन्नु के अनौठो भयो र ?

फेरि राजनीतिको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्छ अरे ! यस्ता गैमने गोरुमुते कुरा गरेर हुन्छ ? युवा भनेको केहो ? तन युवा कि मन युबा कि धन युबा ? ४५ बर्षसम्म पनि स्ववियु चुनावको सभापति खोज्ने ! नेतृत्व केन्द्रकै खोज्ने राजनीतिक लाभको पद पाए वडामा पनि झम्टिने अनि हस्तान्तरणको कुरा गर्ने ?

राजनीतिमा नेतृत्व हस्तान्तरण पनि हुन्न, पुस्तान्तरण पनि हुन्न । यो त खोसान्तरण, हडपतान्तरण गर्ने कुरा हो । विचारले कन्भिन्सले गतिशीलताले, विवेकले, विद्रोहले, लोकप्रियताले खोस्ने हो । लिड गर्न सक्नेलाई लिड गर्न देऊ नसक्नेलाई धकेलेर फालिदेऊ ! नत्र के को चिँ चिँ ?

तर हाम्रो लोकतान्त्रिक गणतन्त्र आधुनिक भए पनि व्यवहार मध्ययुगीन सामन्तवादी छ । नेताले कार्यकर्ता र जनतालाई आफू बराबर ठान्दै ठान्दैन, मान्दै मान्दैन, कि म भन्दा ठूलो छ कि म भन्दा सानो छ भन्छ, ठान्छ र मान्छ ।

अनि ठुलो शक्तिशाली पद र ओहोदाधारीको खुट्टा ढोग्छ तलतिरकालाई लात्ताले ठोक्छ । समकालीनलाई स्वीकार्दैन यसलाई नमस्कार गर्नु भन्दा बरु पुरानै ठीक छ भन्छ । कोही न कोही पुरानै पोइ !!

अनि शक्तिशालीलाई कतै दाइ भन्छ कतै बा भन्छ । अनि बा भन्ने पार्टीको नेता भन्दा दाइ भन्ने पार्टीको नेता बयोबृद्ध भएपछि बाउ भन्दा दाइ जेठो नभए के हुन्छ त !!

०००
धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
नियत नफेरिएकाहरू

नियत नफेरिएकाहरू

केशव दुवाडी
लोकतन्त्र पुराण

लोकतन्त्र पुराण

केशव दुवाडी
झोला र झोले !

झोला र झोले !

केशव दुवाडी
नजाउँ कोरिया !!

नजाउँ कोरिया !!

केशव दुवाडी
धन त जसरी पनि कमाउनु पर्छ

धन त जसरी पनि...

केशव दुवाडी
फुर्सद खै ?

फुर्सद खै ?

केशव दुवाडी
सुनौलो बोली

सुनौलो बोली

मोहनराज शर्मा
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
अच्छा राई ‘रसिक’ का निबन्धमा हास्यव्यङ्ग्य

अच्छा राई ‘रसिक’ का...

डा. सुकराज राई
सेकदार

सेकदार

रामकृष्ण ढकाल
0
Would love your thoughts, please comment.x
()
x