साइबर अपराध सम्बन्धी सचेतना सामग्री

उनीहरूले शपथ लिए

फोहोरको पिचकारी हानाहानमा सेतो वस्त्र पहिरन भएका औ माननीयहरू ! पाँच वर्षपछि के तपाईंका सेता वस्त्र र शपथको कागज बेदाग भएको हामीलाई देखाउन सक्नुहुन्छ ?

Nepal Telecom ad

उनीहरूले शपथ लिए
हामीले हेरिरह्यौ, सुनिरह्यौं
शपथमा नयाँ पनि थिए
पुराना पनि थिए
शपथ मुलुक र जनताप्रति वफादार हुने थियो
शपथ निष्ठा र विश्वासको थियो
शपथ संविधानप्रति वफादार हुने थियो
शपथ मुलुक र जनताको सोझो चिताउने थियो
शपथ इमानदारीको थियो
मेरो मनमा भने यसै एउटा प्रश्न उठ्यो
“ओ माननीयज्यू ! तपाईंले शपथ लिनु भएको कुरा साँच्चै हो ?”
हो भने त ठीक भयो
राम्रो भयो
तर
त्यहाँ हाम्रा गाउँको एउटा भाइ पनि रहेछ
जसले केही भन्नु अगाडि सधैँ- “सत्ते ढाँटेको हैन”− भन्थ्यो
अनि सधैँ ढाँट्थ्यो
अरू पनि रहेछन्
जेलमा बस्नुपर्ने
अलमलमा त्यहाँ पुगेछन्
भ्रष्टाचारको आरोप लागेकाहरू रहेछन्
ठूला-ठूला ठेक्का लिएका
पैसा मात्र लिएर काम नगरेका पनि रहेछन्
दौरा सुरुवाल कोट टोपी लगाएका
मन विदेशीको भएका पनि रहेछन्
पाँच बर्ष फेरि जागिर थपियो भन्दै
पुगेका पुराना पनि परेछन् ।
मलाई अलिक चिन्ता र छटपटी लागेको छ
इमान्दार कोही भए
ती
पुराना र नयाँको माया जागेको छ
फोहोरको पिचकारी हानाहानमा
सेतो वस्त्र पहिरन भएका औ माननीयहरू !
पाँच वर्षपछि
के तपाईंका सेता वस्त्र र शपथको कागज
बेदाग भएको
हामीलाई देखाउन सक्नुहुन्छ ?

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x