दिल पाैडेलपाँच हाइकु
धुलो रुमाल नेलपोलिस उदास पुतलीबजार । रक्स्याहा भट्टी बाँसघारीमा भ्रुण छातीमा खत ।

(१)
मान्छेका मन
जुठो धर्म जहर
भ्रमजालको घर ।
(२)
छाप्रोका खुट्टा
समाजवादी महल
गलैँचा काँडा ।
(३)
ढुङ्गाको पथ
व्रह्मचारी विचार
चियाको रङ ।
(४)
धुलो रुमाल
नेलपोलिस उदास
पुतलीबजार ।
(५)
रक्स्याहा भट्टी
बाँसघारीमा भ्रुण
छातीमा खत ।
०००
सिन्धुली
२०७९/०८/२९
Subscribe
Login
0 Comments
Oldest





































