दिल पाैडेलपाँच बाङ्गा हाइकु
बहुरङ्गी दल शिरमा पूर्वपञ्च सिद्धान्त स्वाहा । सत्तारोहण चुनावी खेलमैदान भत्ता दोहन ।

(१)
ठिमाहा शासन
विचार तेजोबध
प्रभुको आसन ।
(२)
नयाँ संसद
दाउपेचको अखडा
कौवा बजार ।
(३)
झण्डावाल मन्त्री
पुरानै पदचिन्ह
नाटक तन्त्री ।
(४)
बहुरङ्गी दल
शिरमा पूर्वपञ्च
सिद्धान्त स्वाहा ।
(५)
सत्तारोहण
चुनावी खेलमैदान
भत्ता दोहन ।
०००
सिन्धुली
Subscribe
Login
0 Comments
Oldest





































