साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल सम्मानित

कार्यक्रममा श्रष्टा कुसुम शर्माले लेख्नुभएको पुस्तक “कुसुमाञ्जली” समेत लोकार्पण भयो । साहित्यकार प्राज्ञ सुलोचना मानन्धरले उक्त पुस्तकको समीक्षा गर्नुभएको थियो ।

Nepal Telecom ad

काठमाडौं, २०७९, पुस ९ । लीलाध्वज थापा साहित्य प्रतिष्ठानको मासिक रचना वाचन तथा स्रष्टा सम्मान कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।

कार्यक्रममा साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाललाई लीलाध्वज स्रष्टा सम्मानले सम्मानित गरियो । उक्त सम्मान प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाले प्रदान गर्नुभएको थियो । सम्मानित हुनुभएका स्रष्टा श्री नेपालले लीलाध्वज थापाले उपन्यास, नाटक, हांस्यव्यङ्ग्य,कविता आदि लेख्नु भएको र उहाँका उपन्यास संख्यात्मकभन्दा गुणात्मक भएकोले नै आम मानिसमा हालसम्म चर्चित भएक़ो छ । समाजमा भएका विकृति विसंगतिलाई नङ्ग्याउन सफल हुनाको साथै नेपाली साहित्यमा कोशेढुंगा सावित हुन सकेको हो । उहाँको उपन्यासको कथावस्तु महिला हिंसा विरुद्ध उभिएको छ। उहाँको मन उपन्यासले २०१४ सालमा नै प्रथम पटक मदन पुरस्कार पाएको हो । त्यस्ता साहित्यकारको नामबाट स्थापना भएको प्रतिष्ठानबाट सम्मानित हुन पाउँदा आफूलाई गर्व लागेको छ भन्नुहुँदै अध्यक्ष विजयध्वज थापा लगायत प्रतिष्ठानप्रति आभार व्यक्त गर्नुभयो ।

प्रतिष्ठानका अध्यक्ष विजयध्वज थापाको अध्यक्षतामा सम्पन्न सो कार्यक्रमा अग्रज साहित्यकार ठाकुर शर्मा भण्डारीले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै सम्मानित हुनुभएका साहित्यकार नेपालको विषयमा संक्षिप्त परिचय दिंदै उहाँको सम्बन्धमा प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा अध्यक्ष थापाले सम्मानित स्रष्टाले लामो समयदेखि नेपाली भाषा र साहित्यमा उल्लेखनीय सेवा गर्दै आउनुभएको छ भन्नुभयो ।

सोही कार्यक्रममा श्रष्टा कुसुम शर्माले लेख्नुभएको पुस्तक “कुसुमाञ्जली” समेत लोकार्पण भयो । साहित्यकार प्राज्ञ सुलोचना मानन्धरले उक्त पुस्तकको समीक्षा गर्नुभएको थियो ।

कार्यक्रममा सम्मानित साहित्यकार डा. शैलेन्दुप्रकाश नेपाल, मुकुन्द न्यौपाने, रत्न विरही घिमिरे, कुमार नेपाल, , विजयध्वज थापा, राजेन्द्र खनाल, रुद्र अधिकारी, उत्तम विचार, कुशुम शर्मा, सुन्दरबहादुर खड्का, लव खड्का, भुवन शिवाकोटी चौघरे, ठाकुर शर्मा भण्डारी, सुरेश बैद्य, महेशप्रसाद रिजाल, निर्मल पराजुली, कृष्णदेव रिमाल, राधा कार्की, ममता मृदुल, सुशीला ढकाल अधिकारी, प्रकाश बस्नेत गफाडी, दिव्य गिरी, उर्मिला पन्त पाण्डेय, जयराम विडारी, तारा केसी, उमेश पाण्डेले आआफ्ना रचना वाचन गर्नुभएको थियो ।

कार्यक्रममा स्रष्टा उत्तम विचारले सहजकर्ताको भूमिका आकर्षक ढङ्गले निर्वाह गर्नुभएको थियो । अन्त्यमा अध्यक्ष थापाले अग्रज स्रष्टाको सम्मान गर्ने अवसर पाउंदा आफू र संस्थासमेत सम्मानित भएको धारणा व्यक्त गर्नुकासाथै सम्पूणर् स्रष्टाप्रति हार्दिक आभार व्यक्त गर्दै, कवि भनेको स्रष्टा र द्रष्टा दुबै हुन् भन्दै आज विमोचन कृतिका लेखिका कुशुम शर्मालाई बधाई ज्ञापन गर्नु भयो । वाचन गरिएका सबै रचना राम्रा छन्,रचना राम्रो हुन त्यसमा हुनुपर्ने सबैजसो गुण हुनुपर्ने भन्दै सबैमा धन्यवाद दिएर कार्यक्रम विसर्जन गर्नु भयो ।

कार्यक्रम चिल्ड्रेन मोडल स्कुल बालुवाटारमा भएको थियो । कार्यक्रमको शुरुमा राष्ट्रिय गान बजाएर कार्यक्रम शुरु गरिएको थियो । उक्त प्रतिष्ठान यशस्वी कवि तथा उपन्यासकार लीलाध्वज थापाको नाममा स्थापना भएको हो ।

०००
– विजयध्वज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x