सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

काफ्लेको नेतृत्वमा बुढ्यौली साहित्य समाज गठन

कार्यक्रममा साहित्यकार शालिग्राम शर्माको सभापतित्त्वमा भएको सो कार्यक्रममा मकवानपुरका साहित्यकार रामचन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

Nepal Telecom ad

रौतहट, ०७९ पुस ३० । बुढ्यौली साहित्य समाज रौतहट सर्लाहीको प्रथम भेला रौतहट जिल्लाको चन्द्रपुरस्थित जनज्योति बहमुखी क्याम्पसको प्रेक्षालयमा सम्पन्न भयो ।

कार्यक्रममा साहित्यकार शालिग्राम शर्माको सभापतित्त्वमा भएको सो कार्यक्रममा मकवानपुरका साहित्यकार रामचन्द्र आचार्यको प्रमुख आतिथ्यता रहेको थियो । साहित्यकार रमेशमोहन अधकारीद्वारा सञ्चालित कार्यक्रममा सर्लाही र रौतहटका साहित्यकारहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथि रामचन्द्र आचार्यले बुढ्यौली साहित्य अन्य सबै उमेर, वर्ग समूहका साहित्यझैँ बुढ्यौलीपन झल्काउने साहित्य भएको तर सबैखाले उमेर समूहका साहित्यकारहरू अटाउन सक्ने साहित्यिक संस्था भएको कुरा उल्लेख गर्नुभयो ।

बुढ्यौली साहित्य समाजको प्रथम भेलाले साहित्यकार लम्बोदर काफ्लेको अध्यक्षतामा सात सदस्यीय कार्य समिति चयन गरेको छ । जसमा उपाध्यक्षमा रेणु गुप्ता, सचिव किशुन दयाल श्रीकृष्ण, सहसचिव सञ्जय सुदामा, कोषाध्यक्ष राम आचार्य उदित, सदस्य घनश्याम पन्तलगायतका साहित्यकारहरू रहनु भएको छ ।

नवगठित कार्समितिलाई साहित्यकार तथा पत्रकार सञ्जय साह मित्र, नारायण उपाध्याय लगायत लब्धप्रतिष्ठित ब्यक्तित्त्वले शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो । आगामी कार्यक्रमका लागि विभिन्न संघसंस्थाको सहयोगमा सम्पन्न हुने कुराको जानकारी लिँदै नव अध्यक्षले सबैको साथ सहयोगको अपेक्षासहित समस्तमा आभार व्यक्त गर्दै बुढ्यौली कार्यक्रम सम्पन्न भएको थियो ।

०००
– कुमार दाहाल कुसुम

Fitkauli Publication Books comming soon
Nepal Telecom ad