साइबर अपराध सम्बन्धी सचेतना सामग्री

महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रम सम्पन्न

कार्यक्रममा सहभागी भै आत्मकथा तथा स्मरण लेख्ने दिदीबहिनीमध्ये विजयीहरूको नाम घोषणा र पुरस्कार वितरण सम्पन्न भएको छ ।

Nepal Telecom ad

काठमाडौं, २०७९ पुस ३० । अभिनव साहित्य समाजको आयोजना आज दुईवटा र्कायक्रम सम्पन्न भएका छन् ।

प्रतियोगितात्मक महिला साहित्यिक जागरण अभिवृद्धि कार्यक्रममा सहभागी भै आत्मकथा तथा स्मरण लेख्ने दिदीबहिनीमध्ये विजयीहरूको नाम घोषणा र पुरस्कार वितरण सम्पन्न भएको छ ।

प्रतियोगितामा सहभागीमध्ये रञ्जना पोखेरल, गीता बराल, सिर्जना पौडेल, ईश्वरी खकुरेल त्रिपाठी र सर्वानन्दा सरस्वती क्रमशः प्रथम, द्वितीय, तृतीय र (सान्त्वना दुईजना) हुनुभएको र उहाँहरूलाई क्रमशः ७०००/, ५०००/ ४०००/ र २०००/ २०००/ नगद पुरस्कारसहित सम्मानपत्र प्रमुख अतिथि गोकणर्ेश्वर न.पा.की उपप्रमुख श्री सान्नानी लामाद्वारा प्रदान गरिएको छ ।

यसै गरी आजै एक बजेबाट यस समाजको २५१ औं शृङ्खलाअन्तर्गत हेमन्त काव्य गोष्ठी सम्पन्न भएको छ । दुबै कार्यक्रमको समापतित्व उपाध्यक्ष श्री विमल अर्यालले, स्वागत मन्तव्य र समीक्षा श्री परशुराम पराशरज्यूले, उद्घोषण श्री शारदा खनाल/पराजुलीले र धन्यवाद ज्ञापन समाजको अध्यक्ष गोविन्दप्रसाद घिमिरे वेदमणिले गर्नुभएको थियो ।

कविता वाचन गर्नेहरूमध्ये श्री कृतिश त्रिपाठी, गीता बराल, सुरेशचन्द्र घिमिरे र जानुका भट्टराईले उत्कृष्ठ रचना प्रस्तुत गरेवापत प्रोत्साहन पुरस्कार पाउनुभएको थियो । अन्य सहभागीहरूमा राधा राजवंशी, प्रकाश खनाल, ओम प्रसाद कोइराला, बद्रीप्रसाद सुवेदी, अच्युत पौडेल चिन्तन, रामचन्द्र दाहाल, भोलानाथ सुवेदी, सुशील आचार्य, मेनका पोखरेल, यदुनाथ वसन्तपुरे, गोपाल बराज, सर्वानन्दा सरस्वती, सदीक्षा खतिवडा, घनश्याम प्रसाई, सुमन पुडासैनी मित्र, भावना न्यौपाने, दुर्गा अधिकारी भ्रमरकोटे, डिल्लीराज अर्याल, कणाद महर्षि र किर्ते पौडेललगायत ३० जना रहनुभएको थियो ।

०००
वेदमणि

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x